औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री ओली महेन्द्रनगरमा

औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री ओली महेन्द्रनगरमा

महेन्द्रनगर : प्रधानमन्त्री केपी शर्मा ओली महेन्द्रनगर पुगेका छन्। कञ्चनपुरको बेदकोट नगरपालिकास्थित दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यासका लागि नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली महेन्द्रनगर पुगेका हुन्।

प्रधानमन्त्री महेन्द्रनगर आउने भएपछि कञ्चनपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले प्रधानमन्त्रीको आवागमनलाई मध्यनजर गर्दै जिल्लामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिएका छन्। करिब १२ सयको हाराहारीमा सुरक्षाकर्मी खटिएको जनाइएको छ। कार्यक्रमस्थलमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको बाक्लो उपस्थिति छ।
 

ओली सोमबार बिहान श्रीएयरलाइन्सको उडानमार्फत धनगढी विमानस्थलहुँदै महेन्द्रनगर पुगेका हुन्। प्रधानमन्त्री ओली धनगढीबाट सेनाको हेलिकोप्टरबाट दैजीछेला औद्योगिक क्षेत्रमा

केहीबेर धनगढीमा आराम गरेर नेपाली सेनाको हेलीकोप्टर मार्फत दैजीछेला औद्योगिक क्षेत्रमा सहभागी हुने तय भएको छ। कार्यक्रम स्थल नजिकै हेलीप्याड समेत स्थापना गरिएको छ। 

प्रधानमन्त्री ओलीले दिउँसो १ बजे दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम छ। कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्ट,सामान्य प्रशासन मन्त्री गणेश ठगुन्ना,वन तथा वातावरण मन्त्री प्रेम आले र श्रम मन्त्री गौरीशंकर चौधरी समेत कार्यक्रममा आउने तय भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.