प्रधानमन्त्रीले गरे दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास

प्रधानमन्त्रीले गरे दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास

महेन्द्रनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको बेदकोट नगरपालिका-२ स्थित दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास प्रधानमन्त्री गरेका छन्। सोमबार कञ्चनपुरको प्रधानमन्त्री ओली र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन्। २०५२ सालमा घोषणा भएको औद्योगिक क्षेत्रको २५ वर्षपछि प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन्। 

औद्योगिक क्षेत्रको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यहाँका जनताले रोजगारी पाउने बताउँदै प्रविधिको पनि विकास र हस्तान्तरण हुँदै जाने बताए। उनले यहाँको आर्थिक विकासका लागि औद्योगिक क्षेत्र महत्वपूर्ण भएको उल्लेख गरे। औद्योगिक क्षेत्रमा ठुला साना र मझौला उद्योग स्थापनाका लागि आवश्यकता अनुसार सरकारले जग्गा उपलब्ध गराउने बताए। उनले सुदूरपश्चिम प्रदेश सुन्दर सुदूरपश्चिम मात्रै नभएर विकसित सुदूरपश्चिम हुने बताए।

औद्योगिक क्षेत्रका लागि ९ सय विघा जग्गा प्रस्तावित गरेपनि ३ सय ८८ विघाको डिपिआर तयार भएको छ। उक्त औद्योगिक क्षेत्रमा १२२ भन्दा बढी उद्योग स्थापना हुनेछन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.