उद्योग आंशिक सञ्चालन

उद्योग आंशिक सञ्चालन

काठमाडौं : कोभिड—१९ महामारीबाट थलिएका उद्योग पुरानो लयमा फर्किएका छैनन्। कतिपय उद्योग कोभिडपछि सञ्चालनमा आउनै नसकेको अध्ययनले देखाएको छ। उद्योग–व्यवसायको सञ्चालन क्षमता घट्नुका साथै उत्पादनमा कमी आएको  छ। 

‘कोभिड–१९ ले उद्योग क्षेत्रमा पारेको प्रभाव’ बारेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अध्ययन गराइएको थियो। प्रतिवेदनअनुसार कात्तिकदेखि मंसिरसम्मको अवधिमा ८९.१९ प्रतिशत उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेनन्। १०.८१ प्रतिशत उद्योग पूर्ण रूपमा बन्द भएका छन्। बन्द भएका उद्योगमध्ये लघु तथा घरेलु उद्योगको हिस्सा ७५ प्रतिशत छ। मंसिरपछि उद्योगको सञ्चालन अवस्थाबारेमा अध्ययन प्रतिवेदन आएको छैन।

 अध्ययनमा सहभागी उद्योगमध्ये ५४ प्रतिशत उद्योगको उत्पादन क्षमता ५० प्रतिशतसम्म घटेको छ। यसैगरी ३२.४३ प्रतिशत उद्योगहरूको ७५ प्रतिशतसम्म उत्पादन घटेको छ। अध्ययनमा सहभागीमध्ये २३.५२ प्रतिशत लघु घरेलु उद्योगको उत्पादन क्षमता ७५ प्रतिशतले घटेको पाइएको छ।

नेपाल राष्ट्र बैंकले अध्ययन गरी तयार पारेको प्रतिवेदनअनुसार घरेलु उद्योगतर्फ ६३.७०, लघु उद्यमतर्फ ६१.८१, साना (१५ करोडसम्म स्थिर पुँजी भएको) ६३.६९, मझौला(१५ देखि ५० करोडसम्म स्थिर पुँजी भएको) ४४.४४ र ठूलो उद्योगतर्फ (५० करोडभन्दा बढी स्थिर पुँजी भएको) ४८.२८ प्रतिशत उद्योग सञ्चालन हुन सकेको छैन। औसत ६१ प्रतिशत उद्योग सञ्चालन हुन नसकेको निचोड निकालिएको छ। घरेलुतर्फ २.७४, लघुतर्फ ५.९०, सानातर्फ ७.६४, मझौलातर्फ ५.६५ र ठूलो उद्योगतर्फ ६.९० प्रतिशत उद्योग मात्रै पूर्ण रूपमा सञ्चालनमा आएको राष्ट्र बैंकको प्रतिवेदनमा छ। 

कोभिड—१९ का कारण उद्योग क्षेत्रले भोग्नुपरेका समस्या उजागर गरी कोभिड—१९ बाट प्रभावित उद्योगको पुनरुत्थान प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले अध्ययन गरिएको मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले जानकारी दिए।  कोभिडपछि उद्योगीले श्रमिक परिचालनमा समस्या झेलेका छन्। कच्चा पदार्थ आपूर्तिमा कठिनाइ हुनुका साथै उत्पादनको बजारीकरणमा समेत उद्योगीले समस्या झेलेका छन्। कोभिड–१९ र यसबाट बच्न सरकारले गरेको लकडाउनका कारण उद्योगीले उत्पादन तथा बिक्री–वितरण गर्न नपाएपछि आम्दानीसमेत घटेको छ। 

कोभिड—१९ महामारीका कारण सबै प्रकारका उद्योग प्रभावित भएका छन्। उद्योगीले सञ्चालन पुँजीको अभाव झेलिरहेका छन्। कोभिडको असर थेग्न नसकी अधिकांश उद्योगले भारीमात्रामा श्रमिक कटौती गरेका छन्। अध्ययनमा सहभागी उद्योगमध्ये १६.२२ प्रतिशतमात्रै नाफामा रहेको अध्ययनले देखाएको छ। 

नाफामा रहेका त्यस्ता उद्योगमध्ये ६६.६७ प्रतिशत ठूला उद्योग हुन्। अध्ययनले देखाएअनुसार धेरै रोजगारी  गुमाउनेमा लघु उद्योगमा कार्यरत कर्मचारी छन्। त्यसपछि साना, मझौला र ठूला उद्योगमा रोजगारी गुमेको अध्ययनले देखाएको छ। रोजगारी गुमाउनेमा महिलाभन्दा पुरुष धेरै छन्। मन्त्रालयले कोभिडले उद्योग क्षेत्रमा पारेको असरबारे गत कात्तिक १७ गतेदेखि मंसिर १६ गतेसम्म अध्ययन गरेको थियो। 

मन्त्रालयले सिमेन्ट, जलविद्युत्, हस्तकला, तयारी पोसाक, गरगहना, तामा पित्तलका भाँडा, रङरोगन, पेयपदार्थ परामर्शलगायत वस्तु तथा सेवा उत्पादन गर्ने ३७ उद्योगको अध्ययन गरेको थियो।  मन्त्रालयले  लघुउद्यम तथा घरेलु उद्योग १७ वटा, साना उद्योग ८ वटा, मझौला उद्योग ४ वटा र ठूला उद्योग ८ वटाको अध्ययन गरी प्रतिवेदन तयार पारिएको मन्त्रालयले जनाएको छ।

अध्ययनका क्रममा उद्योगी तथा व्यवसायीले ब्याजदरमा विशेष छुट दिनपुपर्ने, सहुलियत दरमा ऋण पाउनपुर्ने, करमा विशेष छुट दिनुका साथै उत्पादनको आधारमा विद्युत्को डिमान्ड शुल्क निर्धारण गरिनुपर्ने सझुाव दिएका छन्। त्यस्तै, मूल्य अभिवृद्वि कर फिर्ता दिनुपर्ने, पुनर्कर्जा उपलब्ध गराउनुपर्ने, घरभाडामा छुट दिनुपर्ने सुझाएका छन्। उद्योगी तथा व्यवसायीले अध्ययनका क्रममा कम्तीमा पनि दुई वर्ष श्रमिकको ज्याला बढ्न नहुने माग राखेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.