पूर्वी कंगोमा इटालियन राजदूतको हत्या

पूर्वी कंगोमा इटालियन राजदूतको हत्या

किंशासा : प्रजातान्त्रिक गणतन्त्र कंगोमा इटालीका राजदूतको हत्या भएको छ । कंगोको पूर्वी क्षेत्रमा भएको आक्रमणमा सोमबार उनको हत्या भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

४३ वर्षीय राजदूत लुका अटानासियो राष्ट्रसंघको विश्व खाद्य कार्यक्रक्रमसँग आवद्ध टोलीमा सामेल भएका बेला आक्रमण भएको थियो । आक्रमणमा घाइते भएका उनको अस्पतालमा निधन भएको हो । आक्रमणमा इटालीका एक प्रहरी अधिकारी पनि मारिएका छन् । 

आक्रमण भिरुंगा राष्ट्रिय निकुञ्जमा ६ जनाको समूहले गरेको बताइएको छ ।

कंगोको विदेश मन्त्रालयले उक्त घटनाको पुष्टि गर्दै घटनाप्रति दुःख प्रकट गरेको छ ।

‘इटालियन राजदूतको आज गोमामा निधन भएको गहिरो दुःखकासाथ विदेश मन्त्रालय पुष्टि गर्दछ’, मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.