फेब्रुअरी आयोडिनको महिना : विद्यालयमा सचेतना कार्यक्रम

फेब्रुअरी आयोडिनको महिना : विद्यालयमा सचेतना कार्यक्रम

अछाम : शुक्रबार दिन। सिउडी माविको प्राङ्गगणमा विद्यार्थी जम्मा थिए। विद्यार्थीको भीडमा कोहि शिक्षक, कोहि जनप्रतिनिधि थिए। बीचमा बस्नलाई पाल ओछ्याईएको थियो। विद्यालयमा भीड देखेर विद्यार्थीहरु काने खुसी गर्दे थिए। माइकबाट आवाज आयो। भाईबहिनीहरु पालमा बसिदिनु होला अब कार्यक्रम सुरु हुन्छ। सबै पालमा बसेर फेरि कानेखुसी गर्न थाले।

माइकबाट फेरि आवाज आयो। भाइबहिनी, तिमीहरूलाई आयोडिन भनेको के हो थाहा छ ? कसैको मुखबाट जवाफ आएन। कानेखुसी गर्न थाले। ‘भाइबहिनीहरू आयोडिन भनेको एक प्रकारको सूक्ष्म पोषण तत्व हो जुन नुनमा मात्र पाइन्छ। सबैले बुझिराख्नु होला है त’, हातमा माइक्रोफोन समातेर अगाडि उभिएका एक व्यक्तिले भने। विद्यालयको प्राङ्गण भरी जम्मा भएका विद्यार्थीले एकै स्वरमा ‘हुन्छ सर’ भने।

आज म तिमीहरूलाई आयोडिन भनेको के हो, यो कहाँ पाइन्छ, यो किन आवश्यक छ? भन्ने बारेमा जानकारी दिन यहाँ आएको हुँ, ध्यान दिएर सुन्नुहोला है त’, ती अगाडि उभिएका व्यक्तिले भने। दिउँसोको करिब २ बजेको थियो। बिदा हुने समयमा घर फर्किन थालेका विद्यार्थीहरुलाई विद्यालयको प्राङ्गणमा जम्मा गराइएको थियो। फ्रेबअरी महिना आयोडिनको महिनाको रुपमा मनाउने अभियान अन्र्तगत अछामको चौरपाटी गाउँपालिकाको सिउडी माविमा आयोडिन नुनको सचेतनाबारे कार्यक्रमको आयोजना भएको थियो। 

विद्यार्थीलाई आयोडिन नुनको बारेमा जानकारी गराउन साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका नायब महाप्रबन्धक केशवप्रसाद पाण्ड सिउडी मावि पुगेका थिए। मानिसलाई नभई नहुने नुनमा सरकारले नै आयोडिन मिसाएर पठाएकोले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले उत्पादन गरेको दुई बालबालिकाको चिह्न अंकित धुलो नुनमात्रै प्रयोग गर्न पाण्डेले विद्यार्थीलाई सुझाव दिए।
करिब तीन सय विद्यार्थी सामु उनले आयोडिनको कमीले गलगाँड हुने, मानसिक तथा बौद्धिक क्षमतामा कमी आउने, लाटो लठेब्रोपन र बालबालिकाको मृत्युसमेत हुने भएकाले मानिसले आयोडिनयुक्त नुन खानु अति नै आवश्यक रहेको उनले विद्यार्थीलाई जानकारी दिए।

आमाले आयोडिन नखाएमा पेटमा रहेको गर्भ तुहिन पनि सक्ने हुनाले गर्भवती आमा र बालबालिकाको लागि आयोडिन नभई नहुने तत्व हो भन्ने कुरा परिवारमा पनि गएर अरूलाई बुझाउनुपर्नेमा पाण्डेले जोड दिए। पाण्डेले विद्यार्थीलाई आयोडिन नुनको प्रयोग गर्ने तरिका, प्रयोग गर्दा हुने फाइदा र यसलाई उड्न नदिने तरिकाको बारेमा पनि सम्झाए। मानिसलाई जस्तै गाईभैंसीलाई पनि आयोडिनको आवश्यकता हुने भएकाले खुवाउँदा धेरै फाइदा हुने उनले बताए।

अछाममा आयोडिन नुन प्रयोग गर्नेको संख्या बढेको छ। साल्ट टेड्रिङ्ग कर्पोरेशन लिमिटेड अछामका अनुसार जिल्लामा गत वर्ष १० हजार क्वीटल नुन ढुवानी भएकोमा यो वर्ष १२ हजार क्वीन्टल नुन ढुवानी गरिएको छ। ढिके नुनको प्रयोग गर्दै आइरहेका ग्रामीण भेगका स्थानीयले समेत पछिल्लो समय आयोडिन नुन प्रयोग गर्न थालेका छन्। सरकारी अनुदानको आयोडिन नुन सहजै पाउन थालेपछि यसको प्रयोग गर्नेको संख्या बढेको हो। जिल्लाको चौरपाटी गाउँपालिका ढिके नुन प्रतिबन्ध गर्ने सुदुरपश्चिम प्रदेशको पहिलो पालिका रहेको छ। गत वर्षदेखि पालिकाकाले ढिके नुन प्रतिबन्ध गर्ने निर्णय गरेको हो। 

पालिकाका नागरिकको स्वास्थलाई ध्यानमा राखेर ढिके नुन प्रतिबन्ध गरेको गाउँपालिका अध्यक्ष हर्क साउदले बताए। उनले भने, ‘ढिके नुन बन्द गर्दा केहि व्यापारीले निकै विरोध गरे, तर हामीले कार्यान्वयन गरेका छौँ,यसको तत्कालै परिणाम नदेखिएला तर भविष्यमा यो निर्णयले यहाँका नागरिकको स्वास्थका महत्वपुर्ण भुमिका खेलेको देखिने छ। 

स्थानीय तहसँगको सहकार्यमा साल्ट टेड्रिङ्गले नुन उपलब्ध गराइरहेको साल्ट टेड्रिङ्ग कर्पोरेशन लिमिटेडका नायब महाप्रबन्धक केशबप्रसाद पाण्डेले बताए। सुदूरपश्चिम प्रदेश भरी ३३ वटा बिक्री केन्द्रमार्फत नुन उपलब्ध गराउने गरेको उनले बताए। अछाममा ७ वटा बिक्री केन्द्रबाट बिक्री हुने गरेको छ। सरकारले फेब्रअरी महिनालाई आयोडिनको महिनाको रुपमा मनाउने गरेको छ। मुलुकभरिका गर्भवती, आमा–शिशु तथा बालबालिकाको सुरक्षा, शारीरिक तथा मानसिक बृद्धि–विकासका लागि फ्रेब्रअरीलाई आयोडिन प्रबर्धन महिना मनाउन सुरु गरिएको हो।

विश्वभरि फ्रेबुअरीलाई आयोडिनको कमीले हुने समस्याबारे सचेतना महिनाका रूपमा मनाइँदैछ। यो वर्ष नेपालले पनि फ्रेबुअरीलाई ‘नुन थोरै खाऔं तर सही मात्रामा खाऔं, सही मात्रामा बालबालिका चिन्ह भएको पाकेटको नुन मात्र खाऔं’ भन्ने नाराका साथ आयोडिन सचेतना महिनाका रूपमा मनाउँदैछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.