सीमा विवादका बावजुद चिनियाँ राष्ट्रपति भारत प्रस्थान गर्दै

सीमा विवादका बावजुद चिनियाँ राष्ट्रपति भारत प्रस्थान गर्दै

नयाँदिल्ली: सीमा विवादका बावजुद चिनियाँ राष्ट्रपति सी जिनपिङले भारत भ्रमण गर्ने भएका छन् ।

भारतमा आयोजना हुन लागेको ब्रिक्स सम्मेलनमा सहभागी हुन राष्ट्रपति सी दिल्ली आउन लागेका हुन् । लद्दाख तथा दोक्लम सीमा क्षेत्रमा केही वर्षदेखि नै दुई देशबीच विवाद र झडप भइरहँदा चिनियाँ नेताको भारत भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिकाले २००९ मा ब्रिक्स गठन गरेका हुन् । उक्त बैठकमा दुई देशको सीमा विवादले गर्दा असर नपार्ने भन्दै चीनको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।

चीनले विज्ञप्ति जारी गर्दै यस पटकको बैठक आयोजनामा भारतलाई समर्थन गर्ने जनाइसकेको छ । ब्रिक्स बैठक आर्थिक सहयोग, राजनीतिक र सुरक्षा सहयोग, सांस्कृतिक आदानप्रदान लगायत मुद्दामा मिलेर काम गर्ने सवालमा केन्द्रित हुने बताइएको छ ।

साथै चीनले एकता र आपसी सहयोगलाई सुदृढ पार्न रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउनुपर्नेमा पनि जोड दिएको छ । यसवाहेक सीमा मुद्दामा पनि दुई देशका प्रमुखहरुबीच छलफल हुने भारतीय मिडियाले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.