कौरा गाउँदै सन्तु र सिन्धु

कौरा गाउँदै सन्तु र सिन्धु

काठमाडौं : गायक सन्तु थापा र गायिका सिन्धु मल्लले‘सुपारी काँचो’ बोलको कौरा गीतमा आकर्षक भिडियो तयार पारेका छन्। गोदावरी पार्कमा यो कौरा गीतको भिडियो छायांकन गरिएको छ। स्थानीय भाकालाई टपक्क टिपेर जस्ताको त्यस्तै पस्कने सन्तुले यो भिडियो उत्कृष्ट बनाउन निकै मेहनत गरेको बताए। छायांकन स्थलमा गायिका र अन्य कलाकारसँग भेटिएका उनले भने, ‘हाम्रो मौलिक संस्कृति विश्वसामु चिनाउन धेरै मेहनत गरेका छौं।’ 

यो गीतमा शब्द तथा संगीत सुरेश रानामगरको छ भने भिडियोको निर्देशन दीप कोके गुरुङले गरेका छन्। यो गीतको भिडियोका लागि ठूलो कोरस समूह, रेड क्यामेरा र जोनीजिप प्रयोग गरेकोसन्तुले बताए। टिपिकल नेपाली गीतको भिडियो निर्माणमा अहिलेसम्मकै धेरै लगानी भएको गायक सन्तुको भनाइ छ। केही दिनमै यसको भिडियो आफ्नै यु ट्युब च्यानलबाट रिलिज गर्न लागेको उनले जानकारी दिए। केही समयको अन्तरालमा दर्शक श्रोतामाझ आउन लागेकी सिन्धु मल्लले भिडियो आकर्षक बनेको बताइन्। गुल्मी रेसुंगा म्युजिक प्रालिको ब्यानरमा निर्माण भएको भिडियोका सम्पादक सुप्रिम पराजुली हुन्।

सन्तुले भर्खरै मात्र ‘लाहुरे दाइ’ बोलको पञ्चैबाजा गीत भिडियोसहित श्रोता–दर्शकमाझ ल्याएका छन्। यो गीतमा उनलाई गायिका समीक्षा अधिकारीले साथ दिएकी छन्। अनिश दवाडीको शब्दमा खेम सेञ्चुरीले संगीत भरेको भिडियोको निर्देशन गायक स्वयम्ले गरेका हुन्। पञ्चैबाजालाई विश्वसामु चिनाउन यो मौलिक भिडियो निर्माण गरेको सन्तुले बताए। 

लोकदोहोरी, आधुनिक, पप, तीज गीतलगायतका दर्जनौं गीतका सर्जक सन्तु गुल्मी तम्घासका स्थायी बासिन्दा हुन्। सानैदेखि गीतसंगीतमा लागेका उनी २०६८ सालबाट व्यावसायिक गायनमा लागेका हुन्। गायनमार्फत स्टेज तताउन सिपालु उनले यूके, अस्ट्रेलिया, बेल्जियम, फ्रान्स, स्पेन, इटाली, लक्जेमवर्ग, पोल्यान्ड, मलेसिया, दुबई, भारतलगायतका देशमा नेपाली गीतसंगीत प्रस्तुत गरिसकेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.