औद्योगिक पार्कको शिलान्यास आइतबार

औद्योगिक पार्कको शिलान्यास आइतबार

झापा : झापाका तीन स्थानीय तह दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिका क्षेत्रमा बन्ने भनिएको चीन–नेपाल औद्योगिक पार्क (चाइना–नेपाल फ्रेन्डसिप इन्डस्ट्रियल पार्क) शिलान्यास हुने भएको छ।  शिलान्यास नहुँदै विवाद र चर्चामा आएको औद्योगिक पार्कको प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन १६ गते शिलान्यास गर्ने प्रस्तावित औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाले जानकारी दिए।  

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड दमकका कार्यालय प्रमुख सञ्जय थापा र औद्योगिक पार्कका अध्यक्ष थापाले औद्योगिक क्षेत्र रहने क्षेत्रका वडाध्यक्षलगायत पत्रकारलाई शिलान्यासबारे जानकारी गराएका हुन्। औद्योगिक पार्कको नामले परिचित यो प्रस्तावित परियोजनालाई रोजगारीको अवसर दिने उद्देश्यले निर्माण गर्न लागिएको थापाले बताए। अध्यक्ष थापाले पत्रकार सम्मेलनमा बोल्दै सरकारलाई आर्थिक रुपमा सशक्त बनाउन पनि उक्त परियोजनाले महत्वपूर्ण भुमिका खेल्ने बताए ।

उक्त औद्योगिक पार्कमा पहिलो चरणमा २६ वटा उद्योग स्थापित हुनेछन्।  नेपालको उत्पादन विश्व बजारसम्म पुग्ने एउटा माध्यम उक्त पार्क बन्न सक्ने थापाले दाबी गरे। उनले भने, ‘नेपाली बजारको माग स्वतः पूरा हुन्छ।’

बढ्दो बेरोजगारीलाई ध्यानमा राखेर ठूलो संख्यामा रोजगारीको सिर्जना गराउने मुख्य परियोजना बन्न सक्ने बताउँदै अध्यक्ष थापाले औद्योगिक पार्कले नेपालको व्यापार घाटा २ वर्षभित्रमा हटाउने र नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउने माध्यम बन्न सक्ने बताए।  कार्यक्रममा परियोजनाबारे प्रष्ट पार्दै अध्यक्ष थापाले उक्त पार्क नेपालकै सबैभन्दा ठूलो पारदर्शी र प्रविधियुक्त पार्क हुने बताए। थापाले परियोजना २२ सय बिघा क्षेत्रफलमा फैलिने र हाल १३ सय बिघा जमीन एकीकृत गरिसकिएको बताए। उक्त औद्योगिक पार्कको कुल लगानी पहिलो चरणमा अनुमानित ७० अर्बसम्म हुन सक्ने थापाले प्रस्ट्याए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.