लागूऔषध सहित एक पक्राउ

लागूऔषध सहित एक पक्राउ

काभ्रे: काभ्रेको रोशी गाउँपालिमास्थित मंगलटारमा प्रतिबन्धित लागूऔषध सहित एक जना पक्राउ परेका छन् ।

प्रहरीको नियामित चेकजाँचको क्रममा रोशी गाउँपालिका वीपी राजमार्ग मङगलटार बजारमा प्रहरी टोलीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको हो ।

मंगलटार इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक शेखर खड्काका अनुसार सप्तरी सुरुङ्गा नगरपालिका १० का २२ वर्षीय धमेन्द्र कुमार राम पक्राउ परेका हुन् ।

झापाबाट काठमाडौँतर्फ आउँदै गरेको बा.४.ख २२६७ नं. को हायस गाडीमा यात्रा गर्ने यात्रु धर्मेन्द्र कुमार रामले बोकेको झोलाबाट विभिन्न प्रकारका लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।

लागूऔषध बरामद गरी कानुन बमोजिम लागूऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत अनुसन्धान गर्न काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमती लिइ अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

लागूऔषध मुद्दाका फरार श्रेष्ठ पक्राउ

यस्तै लागूऔषध मुद्दाका फरार प्रतिवादी राजीव भनिने मणिराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । फैसला कार्यन्वयनको सिलसिलामा अदालतबाट प्राप्त लागतहरुमा उल्लेखित फरार रहेका प्रतिवादीहरुको खोजतलासको क्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी टोलीले काभ्रे जिल्ला रोशी गाउँपालिका ११ का २९ वर्षीय मणिराज श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ ।

लुकीछिपी बसिरहेको अवस्थामा फेला परेका श्रेष्ठलाई कानुन बमोजिम कैद तथा जरिवाना बेरुजु फर्छौटको लागि काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलमा पेश गरीएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ । श्रेष्ठलाई लागू औषध मुद्दामा २ वर्ष कैद फैसला र १ लाख जरिवाना तोकिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.