एक वर्षपछि तलेजुमा पूजा

एक वर्षपछि तलेजुमा पूजा

भक्तपुर : कोरोना भाइरस संक्रमण तथा व्यवस्थापन गर्न भनी भक्तपुर तलेजु आगमछेंभित्र रोकिएको बलिसहितको पूजा पुनः सुरु भएको छ। श्रीपञ्चमीका दिन सातवटा बोका, एउटा राँगो र एउटा भाले हाँसको बलिसहितको पूजा सम्पन्न भएको भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए।

उनका अनुसार कोरोना भाइरस संक्रमणका कारण रोकिएको बलिसहितको पूजा श्रीपञ्चमीको दिन पहिलो पटक गरिएको हो। तलेजुभित्र वर्षभरिमा ३० वटा पूजा गरिन्छ। यी ३० वटै पूजामा बलि अनिवार्य छ तर गएको चैतदेखि माघसम्म भएका पूजामा बलि दिइएन।

‘कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न भनी अघिल्लो चैतदेखि तलेजु आगमछेंभित्र हुने सम्पूर्ण पूजा औपचारिकतामा मात्रै सीमित गर्दै आएका थियौं’, मूल नाइके जोशीले भने, ‘श्रीपञ्चमीमा पहिलो पटक बलिसहितको पूजा भएको छ। अब तलेजुभित्र बलि अनिवार्य भएका पूजामा नियमित बलि दिइने भएको छ।’

कोरोना भाइरस संक्रमणका कारण भक्तपुर तलेजु आगमछेंमा बिस्काजात्रा, चैते दसैं र बडादसैंमा समेत बलिरहित पूजा सम्पन्न गरिएको थियो। मूल नाइके जोशीका अनुसार भक्तपुर आगमछेंमा दसैं अवधिभर ५४ बोका, ३२ राँगो र ३२ वटा हाँसको बलि दिइने परम्परा रहँदै आएको छ। तलेजुमा विशेष गरेर दसैंको सप्तमी, अष्टमी र नवमी गरी तीन दिन उक्त बलिसहितको पूजा गरिन्छ।

कोरोना भाइरस संक्रमणका कारण बिस्का जात्रा र दसैंबीचका एक दर्जन पूजासमेत बिनाबलि सम्पन्न गरिएको थियो। पूजामा तलेजु आगमछेंका राजोपाध्याय, जोशी र कर्माचार्यतर्फका पुजारी नाइकेहरू सहभागी हुन्छन्। त्यस्तै तलेजुका रकमीमध्ये सुवाल, दथेपुथे, राजभण्डारी, मुनंकर्मी, शाही तथा खड्गीसँगै नकींहरू पूजामा सहभागी हुन्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.