कुकुर चोरी हुँदा लेडी गागा दुखी: भेटेर फिर्ता दिनेलाई ५ लाख पुरस्कार
वासिङटन: गायिका लेडी गागाले आफ्ना चोरी भएका दुई घरपालुवा कुकुर भेटेर सुरक्षित रुपमा घर ल्याइदिनेलाई ५ लाख रुपैयाँको पुरस्कार घोषणा गरेकी छन् ।
ती कुकुर हराएपछि उनले आफ्नो मुटु घाइते भएको भन्दै खोजी गरिदिन आग्रह समेत गरेकी छन् । फ्रेन्च बुलडग कोजी र गुस्तभ गत बुधबार राति हतियारधारी समूहबाट लस एन्जलसबाट चोरी भएका थिए ।
'मेरी मुटु घाइते छ । र मेरो परिवार दयालु प्रयासबाट फेरि पूर्ण हुनेछ । म उनीहरुको सुरक्षित उद्वारका लागि ५ लाख डलर दिनेछु,' गायिका गागाले आफ्नो इन्स्टाग्राममा लेखेकी छन् ।
लेडी गागाले यसका लागि इमेल ठेगाना समेत सार्वजनिक गरेकी छन् । यदी कसैले ती कुकुर फेला पारेर सूचना दिए पनि पुरस्कार उत्ति नै दिने उनको प्रतिवद्धता छ ।
गागाको अर्को कुकुर भने घाइते भइ उसको अस्पतालमा उपचार भइरहेको छ । हतियारधारी व्यक्तिले गोली प्रहार गरी उनका कुकुर चोरी गरेको बताइएको छ ।
फ्रेन्च बुलडग जातका घरपालुवा कुकुर विश्वमै महंगो जातिको मानिन्छ । यस्ता कुकुर अत्याधिक महंगो मुल्यमा खरिद विक्री हुने गर्छन् ।