पहिलोपटक बस पुग्दा पञ्चेबाजा बजाएर नाचगान

पहिलोपटक बस पुग्दा पञ्चेबाजा बजाएर नाचगान

सन्धिखर्क : भुमिकास्थान नगरपालिकाको साम्नेगाउँमा पहिलो पटक बस पुगपछि स्थानीय हर्षित भएका छन्। खुशीले पञ्चे बाजा बजाएर छमछमती नाचेका छन्। भुमिकास्थान–१ साम्नेगाउँको छेंडापोखरीमा  पहिलोपटक लु २ ख ४९३२ नम्बरको बस पुगेपछि स्थानीय खुशी भएका हुन्। 

बस पुगेको खुसियालीमा स्थानीयले बाजागाजा सहित बस चालक र सहचालकलाई फूलमाला र अबिर लगाइ स्वागत गरेका थिए।

२०६१ सालमा स्थानीयले कोदालोले बाटोको ट्र्याक खनी जिपसेवा सन्चालन भएको साम्नेगाउँमा १५ वर्षपछि बस पुगेको हो। बस पुगेपछि भुमिकास्थान नगरपालिका वडा नम्बर १ का डाडाँ–धपखोला–छेडापोखरी–बगैंचा–साम्नेगाउँ–ओखटे र प्युठानको मल्लरानी गाउँपालिका वडा नम्बर–२ का सिउते–सिउडेनी–बाख्खोरका जनता प्रत्यक्ष लाभान्वित हुनेछन्।

बाटोको स्तरोन्नोति भएपछि  पहिलो पटक त्यहाँ बस पुगेको हो। भुमिकास्थान नगरपालिका वडा नम्बर–२ का वडाअध्यक्ष बुद्धि थापाले रिबन काटेर बाटोको उद्घाटन गरे। उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै थापाले बस सेवा संचालनको लागि प्रदेश सरकार र स्थानीयतहले महत्त्वपूर्ण भुमिका खेलेको बताए। साथै अध्यक्ष थापाले बाटोलाई थप स्तरोन्नति गरी बस नियमित सन्चालन गर्न पहल गरिने कुरामा जोड दिए।

यस्तै कार्यक्रममा मन्तव्य राख्दै कार्यक्रमका विशिष्ट अतिथि भुमिकास्थान नगरपालिका वडा नम्बर–१ का वडा अध्यक्ष भोजराज खनालले स्थानीयको माग अनुसार बस सेवा सञ्चालनका निमित्त बजेट विनियोजित गरि बाटोको साँघुरा मोडहरु र डबलकटिङ्ग गरि बस पुर्‍याउन सफल भएको बताए। अध्यक्ष खनालले वडास्तरबाट बजेट विनियोजित गरि बाटोमा नाली कटान सहित थप स्तरोन्नति गरिने बताए। 

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रतिनिधि कासिराम गमाल, नेपाली कांग्रेसका चुरामणी भुसाल, राष्ट्रिय जनमोर्चाका मेघराज खनाल, बस चालक टिकाराम खनाल लगायतले मन्तव्य राखेका थिए। कार्यक्रम स्थानीय जेष्ठ नागरिक धनिस्वर खनालको अध्यक्षता, माधव परियारको स्वागत मन्तव्य र माधव खनालको सन्चालनमा सम्पन्न भएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.