म्यानमारकी नेत्री आन सान सू ची अदालतमा उपस्थित

म्यानमारकी नेत्री आन सान सू ची अदालतमा उपस्थित

नपिद्व: म्यानमारकी नेत्री आन सान सू ची अदालतमा उपस्थित भएकी छन् । सेनाले सत्ता कब्जा गर्दै सू चीलाई हिरासतमा राखेपछि पहिलो पटक उनी अदालत उपस्थित भएकी हुन् ।

सू ची सैनिक सरकारले आफूमाथि लागाएका मुद्दाको सामना गर्न अदालत उपस्थित भएकी हुन् । गत फेब्रुअरी १ मा म्यानमारमा सू चीको निर्वाचित सरकारलाई अपदस्थ गर्दै यहाँको सेनाले कू गरेको थियो ।

सेनाको नजरबन्दमा परेकी सू चीमाथि थप नयाँ दुई मुद्दा लागेका छन् । जबकि देशव्यापी रुपमा विशाल जनप्रदर्शन हुँदैआएका छन् । सेनाले सत्ता कब्जा गरेदेखि नै देशका ठूला सहरमा हरेक दिन प्रदर्शन जारी छ । पछिल्लो समय सेना प्रदर्शनकारीमाथि आक्रामक समेत बनेको छ ।

गत आइतबार मात्रै सेनाको विरोधमा उठेको प्रदर्शन दबाउन सेनाले गोली चलाउँदा १८ जना मारिएका छन् । सू चीको रिहाइ र सत्ता हस्तान्तरणको माग गर्दै उठेको आन्दोलन भने जारी छ ।

गत नोभेम्बरमा म्यानमारमा सम्पन्न आमनिर्वाचनमा धाँधली गरेको भन्दै सेनाले सत्ता कब्जामा लिएको हो । यद्यपि निर्वाचनमा धाँधली भएको दावीबारे सेनाले अहिलेसम्म कुनै प्रमाण पेश गर्न सकेको छैन ।

७५ वर्षीय सू ची भने फेब्रुअरी १ मा सेनाबाट पक्राउ परेपछि पहिलो पटक अदालत उपस्थित भएकी हुन् । सोमबार अदालतमा उनीविरुद्धको मुद्दाको सुनुवाइ रहेको स्थानीय मिडियाले जनाएका छन् । सैनिक सरकारले भने सू चीको हिरासत अवधि लम्ब्याउन थप मुद्दा लगाएको बताइन्छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.