वल्र्डकप २०३० आयोजन गर्न बेलायत इच्छुक

वल्र्डकप २०३० आयोजन गर्न बेलायत इच्छुक

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले बेलायत र आयरल्यान्डले सन् २०३० को फुटबल विश्वकप आयोजन गर्न दाबी गर्ने सही समय भएको बताएका छन्।

बेलायत सरकारले बुधबार पेस गर्ने बजेटमा यो प्रक्रिया सुरु गर्न २८ लाख पाउन्ड दिने चर्चा पत्रपत्रिकाले गरेका छन् । इङ्गल्यान्ड, वेल्स, स्कटल्यान्ड, नोर्दन आयरल्यान्ड र आयरल्यान्डका फुटबल संघहरूले सरकारको कदमबाट खुसी भएको बताएका छन्।

'हामी फुटबललाई सन् २०३० मा घरमा ल्याउन धेरै नै इच्छुक छौँ,' जोनसनले द सन पत्रिकासँग भनेका छन् ।

सन् २०३० को फुटबल विश्वकपमा लागि आयोजना दाबी प्रक्रिया सन् २०२२ मा मात्रै सुरु हुन्छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.