नाइजेरियामा अपहरणमा परेका २७९ बालिका रिहा भए

नाइजेरियामा अपहरणमा परेका २७९ बालिका रिहा भए

नाइजर: नाइजेरियामा अपहरणमा परेका २७९ जना स्कुले बालबालिकाहरु रिहा भएका छन् । र अहिले उनीहरु सरकारको निगरानीमा राखिएका छन् ।

गत शुक्रबार उत्तरी राज्य जाम्फारास्थित एक बोर्डिङ स्कुलबाट उनीहरु अपहरणमा परेका थिए । 'केटीहरु स्वतन्त्र भएको खबर सुनाउन पाउँदा म खुसी छु । उनीहरु अहिले भर्खरै सरकारकी भवनमा आइपुगे । र उनीहरुको स्वास्थ्य ठीक छ' डा बेल्लो मतवालेले बताए ।

स्थानीय मिडियाका अनुसार हिजाब लगाएका सयौँ छात्राहरुलाई सरकारी भवनमा सरकारी निगरानीमा राखिएको छ । सरकारी अधिकारीहरुले प्रारम्भिक चरणमा ३१७ छात्राहरु सयौँ हतियारधारी समूहले अपहरण गरेको जनाएका थिए ।

तर मतवालेले अपहरणमा परेका छात्राहरुको जम्मा संख्या २७९ मात्रै भएको बताए । उनले उनीहरु आफूहरुसँगै सुरक्षित भएकोमा अल्लाहलाई धन्यवाद दिए ।

नाइजेरियामा यसअघि पनि सयौँ स्कुले बालिकाहरु हतियारधारी समूहबाट अपहरणमा परेका थिए । गत डिसेम्बरमा ३ सय भन्दा बढी बालबालिकाहरु कंकारास्थित स्कुलबाटै अपहरित भएका थिए । तर उनीहरु पछि सुरक्षित रुपमा रिहा भए भएका थिए ।

यसरी विभिन्न समयमा हतियारधारी समूहबाट अपहरणमा परेका केही स्कुले बालबालिकाहरु अझै वेपत्ता नै छन् । नाइजेरियामा दशकौँदेखि सक्रिय जिहादीहरुले ठूलो संख्यामा स्कुले बालबालिकाहरुलाई अपहरण गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.