दैलेखमा बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ
दैलेख : दैलेखमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजना युवालाई पक्राउ गरेको छ ।
भगवतीमाई गाउँपालिका–२ बेस्तडाका १८ वर्षीया मोहन बुढालाई १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठका अनुसार पीडित बालिकाको परिवारले जाहेरी दरखास्त दिएको थियो ।
पीडित परिवारले दिएको जाहेरी दरखास्तका आधारमा युवकलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताए । पक्राउ परेका ती युवालाई जिल्ला अदालतबाट म्याद थप गरी घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ । अहिले युवक प्रहरी हिरासतमा छन् ।