अफगानिस्तानमा तीन महिला सञ्‍चारकर्मीको गोली हानी हत्या

अफगानिस्तानमा तीन महिला सञ्‍चारकर्मीको गोली हानी हत्या

काबुल: अफगानिस्तानको जलालबादस्थित तीन जना महिला मिडियाकर्मीको हत्या भएको छ ।

पूर्वी सहर जलालबादस्थित मंगलबार दिउँसो कार्यालयबाट घरतर्फ जाँदै गर्दा उनीहरुको हत्या भएको बताइएको छ । स्थानीय मिडिया एनिकास टिभी निर्देशक जलमइ लतिफीका अनुसार उनकै टिभी कर्मचारीको गोली हानी हत्या भएको हो ।

स्थानीय मिडियाका अनुसार उनीहरुको कार्यालय छुट्टीपछि दुई फरक स्थानमा गोली हानी हत्या भएको थियो । 'उनीहरु सबैको मृत्यु भयो । उनीहरु अफिसबाट पैदल हिँडेरै घर जाँदै गर्दा बाटैमा गोली हानी हत्या भएको थियो,' लतिफीले बताइन् ।

घटनामा दुई जना अरु घाइते भएका छन् । लतिफीका अनुसार तीनै जना कर्मचारीहरुले हालै हाइस्कुल तहको पढाइ सम्पन्न गरेका थिए । उनीहरु १८ देखि २० वर्षसम्मको उमेरका थिए ।

घटनाको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । राष्ट्रपति असरफ घानीले हत्याको विरोध जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.