न्यू होराइजन विजयी

न्यू होराइजन विजयी

भैरहवा : रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बुधवार भएको डिभिजन ‘ए’को खेलमा न्यू होराइजन क्रिकेट क्लब ७ विकेटले विजयी भएको छ । उसले तिरुपति क्रिकेट क्लबलाई पराजित गरेको हो ।

टस जितेर ब्याटिङमा आएकोे तिरुपतिले निर्धारित ४४ ओभरको खेलमा २८.३ ओभरमा सबै विकेट गुमाउँदै ८३ रनको योगफल बनायो । जसका लागि विपिन न्यौपानेले २० रन, मनोज पुनले १५, सिमान्त शाहीले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङमा न्यू होराइजनका पुरुषोत्तम भट्टराईले ८.३ ओभरमा ३५ रन खर्चेर ५ विकेट लिए । उनी म्यान अफ द म्याच भए । यस्तै, तुलबहादुर थापाले २ तथा गोविन्द केसी, सुमित पराजुली र राहुल प्रजापतीले समान १÷१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको न्यू होराइजनले २३.१ ओभरमा ३ विकेटको क्षतिमा ८४ रन बनाउँदै सहजै लक्ष्य पूरा गर्यो । जसका लागि मनिष थापाले २८ रन, अमर मिश्राले १८ र विशाल खत्रीले नटआउट १४ रनको योगदान गरे । बलिङमा तिरुपतिका वसिर अहम्मद, प्रदीप जैसवाल र विपिन न्यौपानेले समान १÷१ विकेट लिए । बिहीबार डिभिजन ‘ए’ का देवदह क्रिकेट युनिट र वेष्टर्न क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाकारी दिए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, उदयीमान खेलाडी र म्यान अफ द फाइनललाई ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.