भक्तपुरमा लक्ष्यभन्दा १० प्रतिशत बढी राजस्व संकलन

भक्तपुरमा लक्ष्यभन्दा १० प्रतिशत बढी राजस्व संकलन

भक्तपुर : भक्तपुरस्थित आन्तरिक राजस्व कार्यालयले चालू आर्थिक वर्षको माघ महिनासम्म लक्ष्यभन्दा १० प्रतिशत बढी राजस्व संकलन गरेको छ । 

कार्यालयले माघ मसान्तसम्म करिब २ अर्ब ५१ करोड ६२ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।

जुन लक्ष्यभन्दा १० प्रतिशत बढी रहेको कार्यालयका प्रमुख गगनबहादुर विकले जानकारी दिए । उनका अनुसार गत वर्ष माघ महिनामै करिब २ अर्ब ३० करोड ५२ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

‘चालू आवमा करिब ४ अर्ब १७ करोड ८२ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको छ’, प्रमुख विकले भने, ‘जसअनुसार माघसम्म लक्ष्यभन्दा १० प्रतिशत बढी राजस्व संकलन हुँदै आएको छ ।’

उनले गत वर्ष कोरोना भाइरस संक्रमणका कारण लक्ष्यभन्दा १६ प्रतिशत कममात्रै राजस्व संकलन भएको बताए । गत वर्ष करिब ४ अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो तर करिब ३ अर्ब ३९ करोड ६८ लाख ५७ हजार रुपैयाँमात्रै संकलन भएको प्रमुख विकले जानकारी दिए ।

उनका अनुसार कार्यालयले सबैभन्दा बढी आयकर र भ्याटअन्तर्गत बढी राजस्व संकलन गर्दै आएको छ । कार्यालयले माघसम्म आयकरमात्रै करिब २० करोड रुपैयाँ संकलन गरेको छ । त्यस्तै व्याजकर पनि कार्यालयबाट बढी उठ्ने राजस्व रहेको उनी बताउँछन् ।

भक्तपुर जिल्लाका २९ हजार १४ करदाताबाट कार्यालयले राजस्व उठाउँदै आएको छ । जसमा ७ हजार २ सय १४ करदाता भ्याटमा दर्ता छन् ।
 
कार्यालय प्रमुख विकले कार्यालयबाट ५६ हजार ७ सय २४ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिएका छन् ।

गत वर्ष काभ्रेको धुलिखेलमा आन्तरिक राजस्व कार्यालय स्थापना नभएसम्म भक्तपुरस्थित कार्यालयको कार्यक्षेत्र भक्तपुरसँगै काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली जिल्ला थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.