भक्तपुरमा अझै २ प्रतिशत सक्रिय संक्रमित

भक्तपुरमा अझै २ प्रतिशत सक्रिय संक्रमित

भक्तपुर : भक्तपुरमा अझै कोरोना भाइरसका २ प्रतिशत सक्रिय संक्रमित रहेका छन्। जसअनुसार बुधबारसम्म भक्तपुरमा ४४ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये ३० जना पुरुष र १४ जना महिला रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

कार्यालयका प्रमुख कृष्ण मिजारले सक्रिय संक्रमितमध्ये २४ पुरुष र १२ महिला गरी ३६ जना होम आइसोलेसनमा रहेको जानकारी दिए। ६ पुरुष र २ महिला गरी ८ जनामात्रै अस्पतालको आइसोलेसनमा रहेको उनले बताए।

भक्तपुरका चार नपामध्ये मध्यपुर थिमिमा १८, भक्तपुरमा १५, सूर्यविनायकमा ४ र चाँगुनारायणमा ३ जना सक्रिय संक्रमित रहेका छन्। त्यस्तै ४ जना सक्रिय संक्रमित सम्पर्कविहीन रहेका छन्।

प्रमुख मिजारका अनुसार भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या ९ हजार ५ सय ९६ जना पुगेका छन्। जसमा पुरुष ५ हजार ४ सय ११ र महिला ४ हजार एकसय ८५ जना रहेको उनले बताए।

कोरोना भाइरसविरुद्धको खोप प्रयोगमा आए पनि भक्तपुरमा नयाँ संक्रमित थपिने क्रम नरोकिएको प्रमुख मिजार बताउँछन्।‘बुधबार भक्तपुरमा एक पुरुष र २ महिला गरी ३ जना नयाँ संक्रमित थपिएका छन्’, उनले भने, ‘नयाँ संक्रमितमध्ये २ महिला चाँगुनारायण नपाका रहेका छन्। एकजना पुरुष भने सम्पर्कविहीन छन्।’

उनका अनुसार पछिल्लो समय भक्तपुर नपा क्षेत्रमा नयाँ संक्रमण देखिन थालेको छ। भक्तपुर नगर क्षेत्रमा आन्तरिक पर्यटकहरुको चहलपहल बाक्लिएकाले यहाँ नयाँ संक्रमित फेला पर्न थालेको हुनसक्ने प्रमुख मिजारको अनुमान छ। उनले सामाजिक एवं भौतिक दूरी कायम नगर्ने तथा माक्स र स्यानिटाइजरको प्रयोग नहुँदा पनि संक्रमण फैलनसक्ने स्पष्ट पारे।

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमि नपामा ३ हजार ५ सय ४२ जना संक्रमित रहेका छन्। जसअनुसार यहाँ एक हजार ९ सय ५९ पुरुष र एकहजार ५ सय ८३ महिला रहेका छन्।

सूर्यविनायक नपामा एकहजार ७ सय ७६ पुरुष र एक हजार ३ सय १४ महिला गरी ३ हजार ९० जना संक्रमित रहेका छन्। भक्तपुर नपामा ९ सय ५२ पुरुष र ८ सय ४६ महिला गरी एकहजा ७ सय ९८ संक्रमित पुगेका छन्। सबैभन्दा कम चाँगुनारायण नपामा ५ सय ४१ पुरुष र ३ सय २६ महिला गरी ८ सय ६७ जना संक्रमित रहेका छन्। अन्य संक्रमितहरुमा एकसय ८३ पुरुष र एकसय १६ महिला गरी २ सय ९९ जना रहेको कार्यालयले जनाएको छ।

९८ प्रतिशत संक्रमित डिस्चार्ज

स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरमा ९८ प्रतिशत कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन्। यहाँका ९ हजार ४ सय २५ जना संक्रमित डिस्चार्ज भएका हुन्। कार्यालय प्रमुख मिजारले भक्तपुरका ५ हजार २ सय ९९ पुरुष र ४ हजार १ सय २६ महिला डिस्चार्ज भएको सुनाए।

एकसय २७ जना संक्रमितको मृत्यु

भक्तपुरमा कोरोना भाइरस संक्रमणको कारण एकसय २७ जनाको मृत्यु भइसकेको छ। स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार ८२ पुरुष र ४५ महिलाको संक्रमणको कारण मृत्यु भएको हो।

भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी भक्तपुर नपाका ४५ जना संक्रमितको मृत्यु भएको छ। यहाँका २९ पुरुष र १६ महिलाले कोरोनाको कारण ज्यान गुमाउनुपरेको थियो।

मध्यपुर थिमि नपाका २७ पुरुष र १४ महिला गरी ४१ जना संक्रमितको मृत्यु हुँदा सूर्यविनायक नपाका १८ पुरुष र १३ महिला गरी ३१ ले संक्रमणको कारण ज्यान गुमाउनुपरेको थियो। चाँगुनारायण नपाका ८ पुरुष र २ महिला गरी १० जनाको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.