चौरपाटी गाउँपालिकाले ३ वर्षमा गरेका १०१ काम
अछाम : अछामको चौरपाटी गाउँपालिकाले ३ वर्षको अवधिमा गरेका मुख्य मुख्य कामहरु सार्बजनिक गरेको छ । गाउँपालिकाले जनप्रतिनिधि आइसकेपछि ३ वर्षको अवधिमा गरेका कामको श्वेतपत्र जारी गरेको छ । मुख्य उपलब्धिको रुपमा गाउँपालिकाले गरेका काम श्वेतपत्र उल्लेख गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।
जनप्रतिनिधिको नेतृत्वमा दिगो विकास, सुशासन, सामाजिक रुपान्तरणका क्षेत्रमा भएका थुप्रै काम मध्ये १०१ कामलाई सुचिवद्ध गर्दै गाउँपालिकाले श्वेतपत्रमार्फत चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले सार्वजनिक गरे ।
गाउँपालिकाले पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास र संस्थागत विकास तथा सेवा प्रवाह बारेमा गरेका काम समावेश गरेको छ । पत्रकार सम्मेलनमा पालिका भित्रका सबै वडामा सडक सन्जाल विस्तार, विधुत लाइन विस्तार, विधुत विस्तार नभएको टोलमा ४ सय ९५ घरधुरीमा सौर्य उर्जा वितरण, ५ हजार बढि रिचार्ज पोखरी निर्माण, जिल्लामै पहिलो साक्षर गाउँपालिका घोषणा, सुदुरपश्चिम भरी ढिके नुन प्रतिबन्ध गर्ने पहिलो पालिका, चप्पल उधोग स्थापना, कोदो सँरक्षणका लागि फलेको कोदोसँग चामल सटहि गरि कोदो बजारिकरण गरि कैलालीका विभिन्न शहर पठाएको, स्वरोजगार मेला आयोजना गरि बेरोजगार युवाहरूको तथ्याक संकलन गरि १ सय ६९ जनालाई स्वरोजगार बनाइएको लगायतका कामको सूची अध्यक्ष साउँदले प्रस्तुत गरेका हुन् ।
त्यसैगरी श्वतपत्रमा गाउँपालिकामा ३ वटा खेलमैदान निमार्ण,गाउँपालिकाको भवन निमार्णका लागी निशुल्क जग्गा दानगरी भवन निमार्ण कार्य जारी,पालिकामा १५ ऐन र ३५ कार्यविधि नियमावली निमार्ण,स्मार्ट पालिका एप्स निमार्णलगायतका अन्य गरी १०१ कार्य समावेश गरिएको छ ।
सम्मेलनमा पत्रकारले सामाजिक बिकास भन्दा भौतिक विकासलाई बढि प्राथमिकता दिएको भन्ने विषयमा राखेको प्रश्नमा अध्यक्ष साउदले आगामी दिनमा सुझावलाई ग्रहण गर्दै अझै जनताको पक्षमा काम गर्ने बताए ।
पत्रकार सम्मेलनमा गाउँपालिका उपाध्यक्ष माया कुँवरले न्यायिक समितिमार्फत भएका कार्यसम्पादन तथा कर्मचारी सयन्त्र मार्फत भएका कामको बारेमा निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर थापाले जानकारी गराएका थिए ।