खुम्चियो अर्थतन्त्र, ४.६ प्रतिशत ऋणात्मक

खुम्चियो अर्थतन्त्र, ४.६ प्रतिशत ऋणात्मक

काठमाडौं : कोरोना भाइरस (कोभिड -१९) महामारीका कारण अर्थतन्त्र खुम्चिएको छ । कोभिडले आर्थिक गतिविधि ठप्प चालू आर्थिक वर्षको पहिलो चौमासिक(साउन–कार्तिक)मा अर्थतन्त्र ४.६ प्रतिशतले ऋणात्मक भएको छ । 

तथ्यांक विभागले बिहीबार तथ्यांक जारी गर्दै कोभिडले अर्थतन्त्र खुम्चिएको जनाएको हो । तर पछिल्लो समयमा आर्थिक गतिविधि चलायमान भएसँगै अर्थतन्त्र सकारात्मक गतिमा अघि बढेको विभागले जनाएको छ । गत आवको अन्तिम चार महिनामा सरकारले गरेको बन्दाबन्दीका कारण घरायासी उपभोगमा पनि असर परेको छ ।  

विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले गत अ आर्थिक वर्ष २०७६/७७ मा २ प्रतिशतले अर्थतन्त्रको आकारमा संकुचन आएको बताए । सरकारले चैत्रदेखि ६ महिनासम्म लकडाउन (बन्दाबन्दी) गरेका कारण अर्थतन्त्र चलायमान हुन नसक्दा अर्थतन्त्रमा संकुचन भएको हो । 

विभागका अनुसार गत आर्थिक वर्षमा १५.४ प्रतिशतले अर्थतन्त्रमा संकुचन भएको देखिएको छ । उपमहानिर्देशक रेग्मीका अनुसार चालु आवको पहिलो त्रैमासमा अर्थतन्त्र चलायमान भएसँगै सुधारको संकेत देखिएको बताए । ‘पछिल्लो समयमा ’भी’ आकारमा सुधार हुँदै छ’,उनले भने,‘यो सकारात्मक कुरा हो ।’ 
२०७५/७६ को पहिलो त्रैमासमा १०.१ प्रतिशत रहेको आर्थिक वृद्धि लगातार ओरालो लाग्दै गएको विभागको आँकडाले देखाउँछ । 

विभागले कुल गार्हस्थ उत्पादन (जिडिपी) गणनाको आधार वर्ष २०५७/५८ (सन् २०००/२००१) रिसेबिङ(परिवर्तन) गरी २०६७/६८ (सन् २०१०/११) बनाएको छ । नयाँ आधारसँगै नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब रुपैयाँको पुगेको छ । यसअघि ३७ खर्ब ६८ अर्ब थियो । 

यसअघि जीडीपीको आधार १७ वटा विषय वस्तु भएकोमा अब २१ वटा विषय तय गरिएको छ । रिबेसिङले नेपालीको वार्षिक प्रतिव्यक्ति आयको आँकडा पनि बढेको  छ । आधार वर्ष २०५७÷५८ अनुसार १ हजार ८५ अमेरिकी डलर प्रतिव्यक्ति आय रहेकोमा वृद्वि भई १हजार १ सय ३४ डलर पुगेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले तीन वर्ष लगाएर तथ्यांक अध्ययन गरिएको बताए । कोभिडले असर गरेपनि विकासशील देशको जस्तो असर नगरेको दावी गरे । तथ्यांक प्रणालीमा सुधार गर्न सरकारी निकायबीच समन्वय आवश्यक भएको उनको भनाइ छ । 

जीडीपीको आधार वर्ष परिवर्तन गर्दा सेवा क्षेत्रको योगदानको भार ८.४ प्रतिशतले बढेको छ । कृषि (प्राथमिक) ९.५ र  द्वितीय (उत्पादन तथा प्रशोधन) क्षेत्रको भार क्रमशः ३.२ प्रतिशतले खुम्चिएको छ । तथ्यांक विभागका सचिव केवलप्रसाद भण्डारीले अर्थतन्त्र ऋणात्मक मात्र नभई राम्रा पक्ष धेरै रहेको बताए ।  
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.