सीमा क्षेत्रमा प्रहरी र तस्कर समूहबीच भिडन्त : एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा प्रहरी र तस्कर समूहबीच भिडन्त : एक भारतीयको मृत्यु

धनगढी : कञ्चनपुर बेलौरी नगरपालिका वडा नम्बर ७ स्थित नेपाल-भारतको सीमा क्षेत्र कालीपुल नजिक नेपाल प्रहरी र भारतीय तस्करको समूहबीच भिडन्त हुँदा एकजना भारतीय तस्करको मृत्यु भएको छ।

नक्कली मुद्रा छाप्ने मेसिन सहितका सामग्री नेपाल भित्र्याइरहेको भन्ने सूचनाको आधारमा चेकजाँच गर्न खटिएको नेपाल प्रहरीको टोली र भारतीय तस्करबीच बिहीबार साँझ गोली हानाहान हुँदा भारतको पिलिभित बस्ने ३२ वर्षीय गोविन्द सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए।

सादा पोशाकमा खटिएको नेपाल प्रहरीको टोलीले तस्करबाट नक्कली मुद्रा छाप्न प्रयोग गरिने मेसिन सहितको झोला नियन्त्रणमा लिने क्रममा भारतीय तस्करको समूहले गोली र धारिलो हतियार प्रहार गर्दा एकजना नेपाल प्रहरीका जवानसमेत घाइते भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्काले जानकारी दिए। 

त्यसक्रममा जवाफी फाइरिङ गर्दा घाइते भएका भारतीय तस्कर गोविन्द सिंहको बेलौरीस्थित ईशान मेमोरियल अस्पतालमा पुर्याउँदा मृत्यु भएको हो। मृतकको शव श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा राखिएको छ। तस्कर समूहमा रहेका अन्य ३ जना फरार रहेको प्रहरीले जनाएको छ।

तस्कररुको समूहबाट बरामद गरेको झोलामा नक्कली मुद्रा छाप्ने मेसिन, सादा कागज, कागज काट्न प्रयोग हुने कटर, सलाई, सेलटेप, रुलर, पाउडर र लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पद्दार्थ समेत फेला परेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.