बाटो काट्दै गरेकी वृद्धाको मोटरसाइकलको ठक्करबाट मृत्यु

बाटो काट्दै गरेकी वृद्धाको मोटरसाइकलको ठक्करबाट मृत्यु

बर्दिबास : मोटरसाइकलको ठक्करबाट महोत्तरीको बर्दिबासमा एक वृद्धाको ज्यान गएको छ । लु ५९ प ३७३५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा महोत्तरीको बर्दिबास-३ की ६६ वर्षीया भद्रामाया भुजेलको ज्यान गएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी बीरेन्द्र थापाले जनाए ।

बर्दिबासबाट सिन्धुलीतिर जाँदै गरेको मोटरसाइकलाले बिहीबार साँझतिर भुजेललाई बाटो काट्ने क्रममा गौरीडाँडामा ठक्कर दिएको थियो । उपचारका लागि काठमाडौं लाग्दै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

मोटरसाइकल चालक बर्दिबास- ३ पाटुका २५ वर्षीय युवराज माझी र मोटरसाइकलमा सवार पूर्णिमा माझी घाइते भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.