विप्लवका सेती महाकाली इञ्चार्ज रिहा

विप्लवका सेती महाकाली इञ्चार्ज रिहा

धनगढी : सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता भएसँगै कैलाली कारागारमा रहेका सेती महाकाली इञ्चार्ज तथा केन्द्रीय सदस्य ओम प्रकाश पुन रिहा भएका छन् । उनी २०७७ असार ३१ गते कैलालीको धनगढी उपमहानगरपालिकामा पर्ने कनरीबाट पक्राउ परेका थिए । धनगढी उपमहानगरपालिाको फूलबारीबाट फर्किरहेका बेला उनलाई कनरी क्षेत्रबाट पक्राउ गरिएको थियो ।

प्रहरीले उनले बोकेको झोलामा हतियार भेटिएको भन्दै हातहतियार खरखजाना मुद्धा दर्ता गरेको थियो । सोही मुद्धामा, जिल्ला अदालत कैलालीले गएको साउनमा ५० हजार रकम धरौटी माग गरेको थियो । 

धरौटी नबुझाएपछि, उनलाई साउनमा कैलाली कारागार पठाईएको थियो । शुक्रबार भने उनले ५० हजार धरौटी जमा गरेका छन । ‘अदालतमा मन्त्रीपरिषदको निर्णय नपुगेको र जिल्ला न्यायाधीस पनि बाहिर भएकाले, धरौटी जमा गरेका छौं, त्यो रकम पछि फिर्ता हुन्छ भनिएको छ,' विप्लवका विद्यार्थी नेता बबरजंग शाहीले भने ।

त्यतीबेला धरौटी बुझाए, फेरि पक्राउ गरी अरु जिल्ला पठाउने जानकारी पाएपछि पुनले धरौटी नबुझाएर कैलाली कारागार बस्ने निर्णय गरेका थिए । उनीसँगै पक्राउ परेकी, उनकै श्रीमती तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी नेतृ पूर्णिमा धामी भने साधारण तारेखमा छुटेकी थिइन् । 

पुनसँगै कैलाली कारागारमा रहेका विप्लवकै सेती महाकाली ब्युरो सदस्य विवेक कुमाल पनि शुक्रबार रिहा भएका छन् । उनलाई, हात हतियार खरखजाना सम्बन्धी तीन वटा मुद्धा लगाईएका थिए । उनले, पनि ५० हजार धरौटी बुझाएर रिहा भएका हुन् ।

कुमाललाई काठमाडौंबाट पक्राउ गरि कैलाली कारागार पठाइएको थियो । विप्लब र सरकारबीच वार्ता सफल भएपछि, प्रहरी हिरासतमा रहेका नेता कार्यकर्ताहरु रिहा हुन थालेका हुन् ।

अहिले नै सरकारमा गइदैन : पुन

विप्लव नेतृत्वको नेकपाका सेती महाकाली ईञ्चार्ज ओम प्रकाश पुनले अहिले नै आफुनो दल सरकारमा सहभागी नहुने बताए । उनले, वैज्ञानिक समाजवादका लागि २०६२/६३ सालको जस्तो सर्वदलीय सरकारको परिकल्पना गरिएको बताए ।

नेकपा ओली समूह र विप्लवबीच पार्टी एकीकरणका बारेमा पनि उनले नकारे । 'अहिलेकै अवस्थामा पार्टी एकीकरण सम्भव नै छैन, न त सरकारमा गइन्छ,' उनले भने ।नेता पुनको स्वागतका लागि कैलाली कारागार र कैलाली जिल्ला अदालतमा सैयौं नेता कार्यकर्ता पुगेका थिए । पुनको रिहाइपछि, धनगढीको पार्कचोकमा,  कोणसभाको पनि आयोजना गरिएको थियो ।अदालतदेखि पार्कचोकसम्मको झण्डै डेढ किलोमिटर मुख्य बजारमा विप्लवका नेता कार्यकर्ताले र्‍याली निकालेका थिए  ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.