‘विप्लवले जनताको मन जित्नुभएको छ’

‘विप्लवले जनताको मन जित्नुभएको छ’

धर्मेन्द्र बास्तोलाजी, बधाई छ भर्खर छुटेर आउनु भएकामा, यति थोरै जेल बसेर छुट्नु पाए पो हुन्थ्यो आफू त १४ वर्ष जेल।

आज दिन फागुन २१, ४८ वर्षअघि, आजकै दिन,  एउटा नयाँ आन्दोलन, नयाँ एकीकरण, नयाँ संकल्प र नयाँ सपना बोकेर हिँडेको ५ क्रान्तिकारी युवालाई  जेलबाट निकालेर, जेल सार्ने नाममा सुखानीको जंगलमा हत्या गरिएको थियो। रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजशंजी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठ यहाँ मारिनुभयो। नेपालको इतिहासमा यस प्रकार अत्यन्त क्रूर, सत्ताको दमन चक्र हो।  राज्यको नियन्त्रणका धेरै महिना लिएर, जेल सार्ने नाममा, पाँच/पाँच जनाको एकै ठाउँमा हत्या गरिएको नेपालको इतिहासमा पहिलो घटना भयो। र, त्यस प्रकारको अन्तिम घटना हो।

त्यस अपराधपूर्ण घटनामा मारिनुहुने र सहादत प्राप्त गर्ने ५ जनामा आजको विशेष दिनमा हार्दिक श्रद्धासुमन प्रकट गर्दछु, त्यस न्यायप्रेमी र परिवर्तनकारी जनताको तर्पmबाट। त्यसैले फागुन २१ को घटना थियो। यसभन्दा केही दिनअघि मारिनुभएका चन्द्र डाँगी र यस घटनाको केही पछि मारिनुभएका रामप्रसाद प्रधानलाई सहिद घोषणा गरेको जानकारी दिन चाहन्छु। बाँसको भालाले घोचीघोची हत्या गरिएको थियो।

नेकपाको महासचिव विप्लवलाई बधाई, स्वागत र शुभकामना भन्न चाहन्छु। र, उहाँले साहसिक कदम चाल्नुभएको छ। एउटा ऐतिहासिक कदम चाल्नुभएकोमा राज्य र पार्टीको तर्फबाट हार्दिक धन्यवाद भन्न चाहन्छु।

नेपाली जनतालाई शान्ति चाहिएको छ। नेपाली जनताले चाहेको कुरा राष्ट्रियताको रक्षा, स्वाधीन, राष्ट्रिय अखण्डताको रक्षा, राष्ट्रियहितको रक्षा, लोकतन्त्रको प्राप्ति, रक्षा र सुदृढीकरण, सामाजिक न्यायको प्राप्ति र शान्ति चाहिन्छ। निर्भय ढंगबाट बाँच्न पाउने चाहना नेपाली जनताको छ।

सुशासन होस्, भ्रष्टाचार अन्त्य होस्, विकासका प्रयास योजनाबद्ध ढंगले अगाडि बढोस्, यही हो नेपाली जनताको चाहना। सबै राष्ट्रिय आकांक्षा समृद्ध नेपाल सुखी नेपाली हो। समृद्ध नेपाल बनाउन यसका लागि शान्तिपूर्ण वातावरण, लोकतान्त्रिक प्राणाली चाहिन्छ, जनताले हक अधिकार प्राप्त गर्ने वातावरण चाहिन्छ। वातावरण प्राप्तिका लागि आज ऐतिहासिक काम भएको छ।

अन्तिम किस्तामा शान्तिपूर्ण युगमा प्रवेश गरेको छ। अब नेपालमा हिंसात्मक द्वन्द्व छैन, अब नेपाल हिसांत्मक बाटो र हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले अवलम्बन गरेको छैन। आजको उपलब्धि त्यही हो। अब नेपालमा शान्ति छ। केही दिन अगाडिबाट विश्वमा शान्तिको मापदण्डमा नेपाल धेरै विकास गरेर अगाडि बढेको छ। भरे बेलुका संयुक्त राष्ट्रसंघले कसरी मूल्यांकन गर्ला ? नेपाल शान्तिको प्यारामिटर धेरै माथि उठेको छ। म विप्लवलाई धन्यवाद दिन चाहन्छु, यस योगदानका लागि उहाँले एउटै कदमले नेपाली जनताको मन जित्नुभएको छ। एउटै कदम। यो सहासिक कदम हो। जोसुकैले एउटा कार्यदिशा र एउटा बाटो समातेर हिँडेको मोड्न सक्दैनन्, फेल हुन्छन्, उहाँ यसमा सफल हुनुभएको छ।
यो फोर्स ल्यान्डिङ होइन, क्र्यास ल्यान्डिङ पनि होइन यो सेभ ल्यान्डिङ हो। बहुत राम्रो ढंगले अरू सफलताको सम्भावनाको सपना पूरा गर्न प्रबल सम्भावनाका साथ अघि बढ्नुभएको छ।

मैले कतै रातारात भन्ने पढेको थिएँ, राताराता होइन। वार्ता वर्षौंदेखि चलेको थियो। हामीले वार्ता नंग्रा बजाएर गरेनौँ। वार्ता वार्ताझँै गरियो। गम्भीरताका साथ ग¥यौँ। यो विश्वासको थालनी ८/१० वर्षपहिले विप्लवजीसँग लामो समय, केही घण्टा लगाएर कुरा गरेका थियौं, यही वार्ताबाट मजबुत भएर यहाँसम्म आइपुगेका छाँै। वार्ताको व्यहोरा छोटो छ। यो काफी हो। १८ पुराणमा व्यासले दुई कुरा भने। तीन बुँदाले भन्छन्, कुनै समस्या आइपरेर छलफल र वार्ताबाटै टुंग्याउनेछौं उतिखेरै। उहाँहरूले शान्तिपूर्ण बाटोबाट विचार कार्यान्वयन गर्नुहुनेछ। उहाँहरूको आफ्नै पार्टी छ, गतिविधि, संगठन गर्छ, शान्तिपूर्ण रूपमा गर्नुहुन्छ। शान्तिपूर्ण गतिविधि गरेपछि उहाँहरूका नेता–कार्यकर्ता प्रक्रिया मिलाएर छाड्छौ। मुद्दा मामिला छन् मिलाइन्छ। धर्मेन्द्रजी भर्खर छुट्नुभयो। केही छुटिसक्नुभयो। अरू पनि छुट्नुहुन्छ। नेपाललाई नयाँ दिन मात्र होइन, नयाँ युगमा प्रवेश गराएको छ, हामी युग परिवर्तनकारी काम गरिरहेका छौं। गत वर्ष पृथकतावादी आन्दोलन गरिरहेका सीके राउतलाई शान्तिपूर्ण राष्ट्रिय राजनीतिको मूलधारमा ल्यायौं। त्यही शान्तिपूर्ण राष्ट्रिय राजनीतिको मूलधारमा उहाँहरू(विप्लव) पनि  आइसक्नुभएको छ।  

परिवर्तन शैली एकीकृत हुन समय लाग्छ। यो सिलसिला र प्रक्रिया हो। हामी एउटै अभियानमा छौं। शान्तिपूर्ण र समृद्ध नेपालको आकांक्षा हो। मानिस शान्तिपूर्ण, भयरहित, सभ्य समाज, सुरक्षित अधिकार सम्पन्न समाज चाहन्छ। इतिहास सबैका फरक–फरक छन्।  सबै प्रयासको अन्तिम निष्कर्ष सुख प्राप्ति हो। यो बेला एकताबद्ध भएर नेपाललाई एउटा समृद्ध नेपाल बनाउने समय हो। पूर्वज योगदानको कदर गर्दै अगाडि बढ्ने समय हो। शान्ति यात्रामा नयाँ युगमा प्रवेश गरेको छ। नेपाल कम्युनिस्ट उतार चढाव भए। मैले ५० वर्षअघि उहाँले जस्तै आन्दोलन गरेको थिएँ । मेरो पार्टीले ४० वर्ष एउटा निर्णयबाट शान्तिपूर्ण राजनीति अवलम्बन गरेको थियो। ०२९ सालमै छाडेको हो र रुपान्तरण हुन थप ७ वर्ष लाग्यो। रुपान्तरण सजिलो छैन। यो आजको  उपलब्धिले शान्तिपूर्ण ढंगले समाज परिवर्तन गर्न सक्छ। असल मनसायसाथ अगाडि बढ्दा यो दृष्टान्त बनेको छ। विश्व कम्युनिस्ट आन्दोलनका लागि यी सफलता दृष्टान्त हुन्। केही मानिस देश बर्बाद गर्न खोज्छन्। संसदीय दलको बैठक गर्दै छन् रे म संसदीय दलको नेता यहाँ छु। उहाँहरू देखेर अचम्म लाग्छ।

किस्तीमा लिएर प्रधानमन्त्री खाइदिनुहोस् भन्दै जाने, हामी छौँ दिन तपाईंको पछाडि लाग्ने, नेतृत्व गर्न छाड्ने, यो कुन आइडोलोजी हो, यो  । हामी प्रधानमन्त्रीको प्रस्ताव अनुचित रूपमा लाग्दैनौँ। मुलुक अस्थिरतातर्फ गयो। विघटनमा जानुको कारण पनि त्यही थियो तर फिर्ता भएको छ। सरकार ढाल्ने गम्भीर प्रयास भइरहेको छ। ०७३ सालमा पनि ढालेका थियो नि हामी झ्यालबाट, जस्केलाबाट होइन, भेन्टिलेसनबाट छिरेर होइन, मूलसडक, मूलढोकाबाट आउँछौ भनेका थियौँ, ०७४ मा राजमार्गबाट सिंहदरबार आयौं त। अध्यक्ष हुनुपर्यो‍ भने महाधिवेशनमा लडेर हुने, क्याबिनेटमा मान्छे बोलाएर होइन, अध्यक्ष हँुदैनौँ। प्रधानमन्त्री हुनुपरे निर्वाचनको माध्यमबाट। जालझेलबाट होइन। केही कम्युनिस्ट आन्दोलनको बदनाम गरे पनि हुनेवाला केही छैन। विकास जसरी गरेको छ। अहिले सरकार विल्कुल सफल हो। विकासमा फड्को मारेको छ।
संयुक्त राष्ट्रसंघले नेपाललाई अल्पविकसितबाट विकासशील राष्ट्र सिफारिस गरिसकेको छ। सन् २०३० अगावै दिगो विकास लक्ष्य पूरा गर्नेछौँ।

- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको  नेपाल कम्युनिस्ट पार्टीसँग तीनबुँदे सहमतिमा हस्ताक्षरपछि  प्रधानमन्त्री ओलीले गरेको मन्तव्यको सम्पादित अंश


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.