धनगढी आयल निगम डिपो नजिकैको फर्निचर 'स्वरुम' मा आगलागी

धनगढी आयल निगम डिपो नजिकैको फर्निचर 'स्वरुम' मा आगलागी

धनगढी : सुधुरपश्चिम प्रदेशको राजधानी धनगढीमा रहेको फर्निचर शोरुममा आगलागी भएको छ। शनिबार दिउँसो १२ बजेतिर धनगढी अत्तरीया सडकमा पर्ने शोरुममा आगलागी सुरु भएको हो। आगो अझै नियन्त्रणमा आइसकेको छैन ।

धनगढीको आयलनिगमको मुख्य डिपोदेखि नजिकै रहेको फर्निचर शोरुममा आगलागी भएकोले स्थानीयहरु त्रशित भएका छन् । आगलागीबाट लगभग २० मिटर टाढा सिटी अस्पताल रहेको छ।

धनगढी उपमहानगरपालिकाको वारुण नियन्त्रणले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। तर आगो नियन्त्रणमा आउन सकेको छैन । करिव १०० मिटर लामो शोरुमको पूरै खण्डमा आगो सल्किएकोले नियन्त्रणमा कठिनाइ भएको प्रहरीले जनाएको छ।

आगलागी नियन्त्रणको प्रयासमा घटनास्थलमा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय लागिपरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.