नेकपा के गर्छ हामी हेरिराखेका छौँ: कांग्रेस नेता लेखक

नेकपा के गर्छ हामी हेरिराखेका छौँ: कांग्रेस नेता लेखक

डोटी: नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश लेखकले नेपाली कांग्रेस 'वेटिङ गभर्मेन्ट' भएकाले सरकारमा जाने वा नजाने ठोकुवाका साथ भन्न नसकिने बताएका छन् ।

नेकपाको आगामी कदम कस्तो हुन्छ ? त्यसमा भर पर्ने र सोही अनुरुप कांग्रेस अगाडि बढ्ने उनको भनाइ छ । नेपाल प्रेस यूनियन डोटी शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता लेखकले सरकार संचालन गर्ने म्यान्डेट पाएको नेकपाले अब के गर्छ त्यो कुरा कांग्रेसले हेरिराखेको बताए ।

‘यदी सत्तामा भएको पार्टीले सरकार चलाउनै सक्दैन भन्छ र उ आफ्नै कारणले सरकारलाई अस्थिर गर्छ, नेतृत्व गर्नै नसक्ने अवस्थामा पुग्छ भने त्यो समयमा प्रतिपक्षको काम आउँछ । त्यसैले कांग्रेस सरकारमा जान पनि सक्छ’ नेता लेखकले भने ।

उनले अघि थपे ‘नेकपा के गर्छ त्यो हामी हेरिराखेका छौं, उहाँहरु भएको प्रधानमन्त्रीको राजीनामा गराएर आफ्नै दलबाट प्रधानमन्त्री खोजीराख्नु भएको छ त्यसैले हामीले किन यसलाई भोट हाल्नुपर्छ, उलाई भोट हाल्नुपर्छ भन्नु ?’, उनले भने, ‘दुईवटै पक्ष नेकपा दाबी गरिरहेको अवस्थामा हामीले यही नै वा त्यही भनेर भन्न मिल्दैन ।’

यस्तै अर्को प्रसंगमा लेखकले नेपाली कांग्रेसको अधिवेशन आगामी भदौमा नै हुने दावी गरे । त्यसभन्दा ढीलो सार्न अब संविधानले नै नमिल्ने उनको भनाइ थियो । नेपाली कांग्रेसको क्रियाशील सदस्यताको नविकरण र नयाँ सदस्यता बितरणको अभियानलाई चाँडो भन्दा चाँडो सम्पन्न गर्नुपर्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.