भारतमा एकैदिनमा थप १८ हजार नयाँ सङ्क्रमित, १०८ को मृत्यु

भारतमा एकैदिनमा थप १८ हजार नयाँ सङ्क्रमित, १०८ को मृत्यु

नयाँ दिल्ली : कोरोना भाइरसका कारण भारतमा थप १८ हजार ३२७ जना सङ्क्रमित भएका छन्। त्यसैगरी पछिल्लो २४ घण्टामा अरु १०८ जनाको मृत्यु पनि भएको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ।

योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या एक करोड ११ लाख ९२ हजार ८८ पुगेको अधिकारीहरुले जनाएका छन्। कुल सङ्क्रमित मध्ये एक लाख ८० हजार ३०४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन्। 

भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म एक लाख ५७ हजार ६५६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। सरकारी अधिकारीहरुका अनुसार यही मार्च ५ तारिखका दिनसम्म २२ करोड ६ लाख ९२ हजार ६७७ जनाको कोरोना परीक्षण गरिएको छ। तीमध्ये सात लाख ५१ हजार ९३५ जनाको परीक्षण शुक्रबार मात्रै गरिएको भारतीय मेडिकल रिसर्च काउन्सीलले जनाएको छ। 

भारतमा देशिरी अहिलेसम्म एक करोड ९४ लाख ९७ हजार ७०४ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.