दुर्गम वस्तीमा सेनाको स्वास्थ्य शिविर

दुर्गम वस्तीमा सेनाको स्वास्थ्य शिविर

महेन्द्रनगर : गाउँमा सेनाको निशुल्क स्वास्थ्य शिविर आउने थाहा पाएपछि कञ्चनपुरको दुर्गम वस्ती भीमदत्तनगरपालिका–९ खल्लाकी ६५ वर्षीया नारुदेवी शनिबार बिहानै ब्रह्मदेवस्थित सिद्धनाथ माध्यमिक विद्यालयमा पुगिन्।

घरको आर्थिक अवस्था कमजोर भएका कारण नारुदेवीले आँखा जचाउन पाएकी थिइनन् । शनिबार नेपाली सेनाको निशुल्क स्वाथ्य शिविर गाउँमै पुगेपछि उनले आँखा जाँचपछि आफू निकै खुसी भएको बताइन् । 

'आँखा कमजोर छन् मान्छे चिन्न सक्दैन। घरमा रासन किन्न ठिक्क हुन्छ आँखा जचाँउन पैसा भएन, उनले भनिन्,' श्रीमान र छोराले मजदुरी गरेर कमाएको पैसा घर खर्चमै ठिक्क हुन्छ ।'

उनले गत चैत्रमा आFखा जाँचका लागि महेन्द्रनगर आँखा अस्पताल आउने योजना बनाएपनि कोरोना महामारीका कारण उपचार गर्न नसकेको बताइन‍् । करिब ५ वर्षदेखिको आँखा जचाउन नपाएकी नारुदेवी गाउँमै निशुल्क आँखा जाँचपछि खुसी छिन् । '५ वर्षपछि बल्ल आज आFखा जचाउने अवसर मिल्यो, रुदेवीले खुसी x'Fदै भनिन्,'डाक्टरसाब जुगौजुग बाचिरहुन ।'

त्यसैगरी भीमदत्तनगरपालिका–९ ब्रह्मदेवकी कमला विष्ट पनि गाउFमै निशुल्क स्वास्थ्य सेवा पाएपछि खुसी छिन् । श्वासप्रश्वास र जिउ दुख्ने समस्या भएकाले जचाउन आएको बताइन् । 

'उपचार गराउन महहेन्द्रनगर बजार जानुपर्ने बाध्यता छ, बजार गए धेरै खर्च हुन्छ,' उनले भनिनु, पैसा पनि बचत भयो सेवा पनि पायौं । कञ्चनपुरस्थित श्री.नं २५ बाहिनि अड्डा भगतपुर ब्यारेकले नेपाली सेना दिवसको अवसरमा सप्ताहव्यापी स्वास्थ्य शिविर आयोजना गरेको छ ।

श्री.नं २५ बाहिनि अड्डा भगतपुर ब्यारेकका बाहिनिपति कृष्णबहादुर जीसीले सेना दिवसको अवसरमा साताव्यापी स्वास्थ्य शिविर आयोजना गरेको जानकारी दिए । उनले कञ्चनपुरको दुर्गम वस्तीमा रहेका निम्न आयस्तर भएकाहरुलाई लक्षित गरी स्वास्थ्य शिविर आयोजना गरेको बताए । राउटे समुदाय,वादी समुदाय र न्युन आयस्तर भएका वस्ती छनोट गरेर स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।
 
बाहिनिपति कृष्णबहादुर जीसीले भने, 'यहाँबाट रिफर भएका बिरामीलाई महाकाली अस्पताल र गेटा आँखा अस्पतालमा समेत उपचारमा सहयोग गर्छौ।'  शनिबार भीमदत्तनगरपालिका–९ मा ७ सय २६ जनाले स्वास्थ्य सेवा लिएका छन् । 

सेनाले ब्रह्मदेवका रहेका लोपोन्मुख राउटे  र वादी समुदायलाई खाद्यान्न, झुल र कम्बल समेत वितरण गरेको छ । स्वास्थ्य शिविरमा प्रसूति, आँखा, दाFत, ल्याब सेवा, इसिजी, भिडियो एक्सरे, जनरल फिजिसियन सेवा प्रदान गरिएको सेनाले जनाएको छ ।

नेपाली सेनाका सह–सेनानी डा. पौडेलले शिविरमा जोर्नी दुख्ने, पाठेघर र तल्लोपेट दुख्ने, छालासम्बन्धिका साथै दम, पत्थरीलगायतका रोगका बिरामीले सेवा लिएको बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.