अन्तर्राष्ट्रिय महिला दिवस: संघर्षका १३ तस्बिर
काठमाडौँ: आज फागुन २४ गते (मार्च ८) अन्तर्राष्ट्रिय महिला दिवस । १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवरमा विभिन्न संघ-संस्था, राजनीतिक दलसहित सम्धन्धित निकायले विविध कार्यक्रम गरी दिवस मनाउँदैछन् ।'महिलाको सुरक्षा, सम्मान र रोजगार: समृद्ध नेपालको आधार' राष्ट्रिय नाराको साथ सोमबार दिवस मनाइँदै छ । सरकारले नारी दिवसमा सार्वजनिक विदा दिने गरेको छ।
गैरसरकारी निकायबाट भने हरेक वर्ष महंगा होटल तथा भवनमा अगुवाहरुको बहस, अन्तरक्रिया तथा भाषणसँगै यो दिवसलाई भव्य रुपमा मनाउने गरिन्छ। तर यो दिवसले आम महिलाको दैनिकीमा भने खासै परिवर्तन ल्याएको छैन। अहिले पनि महिलारहरुको दैनिकी कष्टपूर्ण छ र उनीहरु पलपलमा हिंसाको सिकार भएका छन्।१११ औं महिला दिवसको सन्दर्भमा ललितपुरका विभिन्न स्थानमा अन्नपूर्णकर्मी सुनिता डंगोलले आम महिलाको दैनिकीलाई १३ तस्बिरमा समेट्ने प्रयास गरेकी छिन्।