मानसिक स्वास्थ्यको सही मार्ग
सन् २०१८ को तथ्यांकअनुसार विश्वका करिब ९७ करोड मानिस (अहिले यो संख्या १ अर्ब नाघिसकेको छ) मानसिक समस्याबाट पीडित छन्। जसमध्ये सबैभन्दा बढी २८ करोड ४० लाख मानिस दुश्चिन्ताको समस्याको (एनजाइटी डिसअर्डर) चुंगलमा परेका छन् भने २६ करोड ४० लाख मानिस डिप्रेसनको सिकार भएका छन्। त्यस्तै मध्यपानको समस्याबाट १० करोड ७० लाख, लागुपदार्थको लतको समस्याबाट सात करोड १० लाख, बाइपोलर डिसअर्डरबाट चार करोड ६० लाख, जटिल मानसिक समस्या सजोफ्रेनियाबाट दुई करोड मानिस पीडित छन्। हरेक वर्ष विश्वका ८० लाख मानिस मानसिक समस्याका कारण मर्ने गर्छन्।
पुरुषको तुलनामा महिलामा मानसिक समस्या बढी छ। विश्वका करिब ११.९ प्रतिशत महिला तथा ९.३ प्रतिशत पुरुष मानसिक समस्याको चपेटामा छन्। मानसिक समस्यामा परेका सिर्फ ५० प्रतिशत मानिस मात्र मानसिक स्वास्थ्यको पहुँचमा छन्। नेपालजस्ता अविकसित देशहरूमा त यो संख्या निकै बढी छ।
विगतका तथ्यांक हेर्दा मानसिक स्वास्थ्यका नाममा विश्वले गलत ठाउँमा गलत तरिकाले ठूलो धनराशि खर्च गर्दै आएको देखिन्छ। अमेरिकाले मात्र सन् २०१३ मा मानसिक स्वास्थ्यका लागि १९ करोड ३२ लाख अमेरिकी डलर अर्थात् २२ अर्ब ९० करोड रुपैयँँ खर्च गर्यो भने विश्वव्यापी रूपमा १० खर्ब अमेरिकी डलर अर्थात् ११८५ खर्ब ६४ अर्ब ७७ करोड खर्च भयो। तर यसरी मानसिक स्वास्थ्यका नाममा गरिएको लगानीले मानसिक स्वास्थ्यमा सुधार ल्याउनुभन्दा पनि ठूला फार्मा कम्पनी तथा मेडिकल माफियालाई पोस्ने काम गर्यो र गरिरहेको छ। मानसिक समस्याको उपचारका नाममा साइकाइट्रिक मेडिसिनको बढ्दो प्रयोगले मानसिक स्वास्थ्यस्थिति झनै जटिल र दयनीय बन्दै गएको छ।
मानसिक स्वास्थ्य जटिल होइन, जटिल बनाइएको हो। जति धेरै जटिलता, उति धेरै व्यापार। पछिल्लो अध्ययनअनुसार अहिले साइकाइट्रिक मेडिसिनको वार्षिक व्यापार ३३० बिलियन डलर अर्थात् ३६७ खर्ब ५२ अर्ब १० करोडभन्दा माथि पुगेको छ। तर मानिसको मानसिक समस्या भने झनै बढेर पहाड भएको छ भने अन्य रोगसमेत निम्तिएको छ। प्रा.डा. पिटर गट्स्चेले आफ्नो एक अध्ययनमा भनेका छन्– अमेरिका र युरोपमा मात्र हरेक वर्ष ६५ वर्षमाथिका पाँच लाख मानिस साइकाइट्रिक औषधिका कारण मर्ने गरेका छन्। हृदय रोग तथा क्यान्सरपछि मृत्युको तेस्रो कारण साइकाइट्रिक औषधि हो। यसका अतिरिक्त साइकाइट्रिक औषधिका कारण हरेक वर्ष १० लाख मानिस विकलांग हुने गरेका छन्। एन्टिडिप्रेसेन्टजस्ता साइक्याएट्रिक मेडिसिनले अल्जाइमरजस्ता निको नहुने रोग जन्माउँछ। यौन दौर्वल्य तथा आत्महत्या बढाउँछ।
शरीरको संरचना अस्तव्यस्त भएपछि मस्तिष्क रसायन डोपामिन, सेरोटोनिन तथा नोरोपिनेफ्रेन आदि तथा हर्मोन पनि असन्तुलन हुन्छन्, जसका कारण मानसिक रोग हुने सम्भावना हुन्छ।
विश्व मानसिक स्वास्थ्य बजारबाट निर्देशित भएका कारण नै यसरी गलत बाटोमा अगाडि बढेको हो र यो कहालिलाग्दो स्थिति देखा परेको हो। त्यसैले सबैका लागि मानसिक स्वास्थ्य प्रदान गर्न विश्व स्वास्थ्य क्षेत्रले छिटोभन्दा छिटो सही मार्ग अवलम्बन गर्न जरुरी छ।
मानसिक स्वास्थ्यको सही मार्ग भनेकै मानसिक समस्यालाई रोगका रूपमा होइन कि मनोवैज्ञानिक समस्याका रूपमा हेर्नुपर्छ। समस्याको समाधान पनि मनोवैज्ञानिक तरिकाले खोज्नुपर्छ। त्यो किनभने मानसिक समस्याको जड भनेको तनाव हो। तनावका कारण नै मस्तिष्क रसायन असन्तुलन हुन्छन्। तनावले सबैभन्दा पहिला शरीरको स्नायु प्रणालीलाई प्रभाव पार्छ अनि असन्तुलित स्नायु प्रणालीले पाचन प्रणाली, रक्तसञ्चार प्रणाली तथा श्वासप्रश्वासलगायतका प्रणालीलाई विकृत बनाउँछ। अनि शरीरको प्रतिरोधक क्षमता पनि कजोर हुन्छ।
यसरी शरीरको संरचना अस्तव्यस्त भएपछि मस्तिष्क रसायन डोपामिन, सेरोटोनिन तथा नोरोपिनेफ्रेन आदि तथा हर्मोन पनि असन्तुलन हुन्छन्, जसका कारण मानसिक रोग हुने सम्भावना हुन्छ। जस्तो कि डिप्रेसनमा सेरोटोनिन मात्रा कम हुन्छ। तर यहाँ अर्को तथ्य के भने पेटको समस्याका कारण पनि डिप्रेसनजस्ता मानसिक समस्या पैदा हुन सक्छन्। त्यो किनभने ८० प्रतिशत सेरोटोनिन पेटमै बन्छ। तनावले नै पाचन क्रिया बिगार्छ।
वास्तवमा अधिकांश मानसिक समस्या मानसिक आघात, हीन भावना, नकारात्मकता, आपसी मन–मुटाव, पारिवारिक झैझडा, सामाजिक तथा आर्थिक दबाब, हृदयविदारक घटना, व्यापार–व्यावसायमा हानि–नोक्सानी, आत्मसम्मानमा ठेस, गलाकाट प्रतिस्पर्धा आदि मनोवैज्ञानिक तथा सामाजिक कारणले पैदा हुन्छन्। मनोसामाजिक कारण स्वयं मानसिक समस्याको एक कारण मात्र नभएर यसले आनुवाशिंक तथा जैविक कारणलाई जमिन प्रदान गर्ने तथा मलजल हाल्ने कार्यसमेत गर्छ। सुक्खा जमिनमा जतिसुकै पोटिलो बीउ पनि उम्रिँदैन। तर पानी परेर जमिन चिसो भयो भने बीउ टुसाउँछ।
मनोवैज्ञानिक उपचारमा मानसिक समस्याका कारण पत्ता लगाई मनोवैज्ञानिक तरिकाबाट कारण हटाउने प्रयास गरिन्छ। मनोवैज्ञानिक चिकित्सा पद्धति (साइकोथेरापी) मानसिक विकार (मेन्टल डिसअर्डर) तथा व्यथाहरू (डिस्टे«स) को मूल कारण प्रतिकूल वा नकारात्मक भावना (नेगेटिभ फिलिङ्स) हो भन्ने मान्यतामा आधारित छ। अर्को शब्दमा भन्ने हो भने मानिसको सोच, संज्ञान (कग्निसन), चिन्तन तथा घटना र परिस्थिति हेर्ने दृष्टिकोणले नै मानसिक समस्या पैदा गर्छ। त्यसैले मानसिक रोग ठीक गर्नका लागि रोगीका मनमा रहेका प्रतिकूल तथा नकारात्मक भावना तथा दृष्टिकोण परिवर्तन गर्न आवश्यक पर्छ। साइकोथेरापीमा विभिन्न कग्निटिभ तथा बिहाभियर टेक्निकहरूको सहायताबाट रोगीको संज्ञानात्मक पुनर्संरचना गर्ने कार्य गरिन्छ। जसले गर्दा रोगीका मनमा गडेर बसेका गलत चिन्तन तथा विश्वास हटेर शुभचिन्तन तथा विश्वास विकसित भइ व्यवहार समायोजित हुन पुग्छ।
तसर्थ मानसिक समस्या समाधानका लागि मनोवैज्ञानिक उपचारका साथै योग, ध्यान, प्राकृतिक जीवन शैलीलाई जोड दिनुपर्छ र लक्षणहरू कम गर्न प्रतिप्रभाव नगर्ने जडीबुटी प्रयोगमा ल्याउनु उत्तम हुन्छ। कतिपय जडीबुटीले मानसिक समस्यामा साइड इफेक्टबिना एन्टीडिप्रेसेन्टजस्ता साइक्याएट्रिक मेडिसिनले भन्दा पनि प्रभावकारी असर देखाउन कुरा अनेक अध्ययनले देखाएको छ। एक यस्तै जडीबुटी हो– केशर।
मानसिक स्वास्थ्यमा केशरको प्रभावबारे अनेक अध्ययन भएका छन्। ती अध्ययनले केशर एन्टिडिप्रेसेन्सभन्दा पनि प्रभावकारी भएको जनाएको छ, जुन अध्ययन सन् २०१५ को जर्नल अफ फिटोमेडिसिनमा प्रकाशित स्याफ्रोन इज वन्डर ड्रग फर डिप्रेसन एन्ड स्टे«समा प्रकाशित छ। यस अध्ययनमा केशर एन्टिकन्भल्सेन्ट इफेक्ट्स (ऐंठन विरोधी प्रभाव), एन्टिअल्जिमाइर तथा एन्टिपार्किन्सन प्रभाव, स्नायु चोट र एपोप्टोसिस कम गर्ने, स्नायु सुजन कम गर्ने तथा मस्तिष्क रसायन जस्तै सेरोटोनिन वृद्धि गर्ने गुणयुक्त भएको उल्लेख छ।
केशर र प्रमुख डिप्रेसन डिसअर्डर (एमडीडी) का सम्बन्धमा गरिएको एक अर्को क्लिनिकल ट्रायलले केशरले वयस्क मानिसमा एमडीडी लक्षणमा सुधार ल्याएको देखायो। त्यस्तै अन्य थुप्रै अध्ययनले समेत केशरले बिनाप्रतिप्रभाव इनजाइटी तथा डिप्रेसनमा प्रभावकारी असर देखाउने उल्लेख गरेको छन्। केशरका अन्य थुप्रै स्वास्थ्य फाइदा पनि छन्। केशर गर्म प्रकृतिको हर्व भएकाले मौसमलाई ध्यानमा राखेर यसको उचित प्रयोग गर्ने हो भने कुनै साइड इफेक्ट छैन। केशरको साइड इफेक्ट भनेको एन्टिडिप्रेसेन्सको सेवनबाट यौन दौर्वल्यको सिकार भएका महिला–पुरुषमा यौन शक्ति बढाउनु हो। यो त सुनमा सुगन्ध छरेजस्तो भयो नि।