दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या ९३ हजार भन्दा बढी
दक्षिण कोरियामा गत २४ घण्टामा थप ४४६ जनामा कोरोना संक्रमण भएपछि कुल संक्रमितको संख्या ९३ हजार २६३ पुगेको छ । गत आइतबार ३४६ जनामा कोरोना संंक्रमण भएको थियो । सोमबार एक सय संक्रमित बढी एकै दिनमा ४४६ मा संक्रमण देखिएको हो ।
कोरोना शुरु भएयता यहाँँ हालसम्म ८३ हजार ९०० व्यक्ति कोरोना मुक्त भएका छन् । गत २४ घण्टामा दक्षिण कोरियाका तीन व्यक्तिको मृत्यु भएपछि कुल मृतकको संख्या १ हजार ६४५ पुगेको जनाइएको छ । गत फेब्रवरी २६ बाट कोभिड–१९ विरुद्ध खोप शुरु गरिएको छ र हालसम्म ३ लाख ८३ हजार ३४६ जना खोप लगाइसकेका छन्।