६ जिल्लामा एमाले कार्यालय

६ जिल्लामा एमाले कार्यालय

धनगढी : सुदूरपश्चिमका विभिन्न ६ जिल्लामा साविकका कार्यालयमा बोर्ड नेकपा एमालेको बोर्ड राखिएको छ । एमाले नेता भीम रावलको गृह जिल्ला अछाम, बैतडी र डँडेलधुरा बाहेकका जिल्लामा नयाँ बोर्ड राखिएको हो । 

अन्यत्र पनि छिट्टै कार्यालय स्थापना हुने नेताहरूले बताएका छन् । कैलालीमा एमालेका प्रदेश अध्यक्ष कर्णबहादुर थापाको अगुवाइमा साविकको एमाले कार्यालयमा बोर्ड नयाँ बोर्ड राखिएको छ । उनी नेकपाका पनि प्रदेश अध्यक्ष थिए । उनी एमाले हुँदा पनि थापा नै प्रदेश अध्यक्ष थिए । एमालेका जिल्ला इन्चार्ज दीपकप्रसाद देवकोटा, जिल्ला अध्यक्ष रतन थापालगायतका नेताहरूको उपस्थितिमा एमालेको बोर्ड राखिएको हो । 

‘हामी एमाले नै थियौं, यो कार्यालय पनि पहिला एमालेकै सम्पत्ति हो, सर्वोच्चको फैसलाले दुई फरक पार्टी बनाई दिएपछि हामीले बोर्ड टाँसेका छौं’, अध्यक्ष थापाले भने । नेकपा हुँदा दराज तोडफोड गरी क्रियाशील सदस्यता नवीकरण गरिएका रसिद गायब उनले बताए । थापाले भने, ‘सचिवको कार्यालयको दराज तोडिएको छ, ३० लाख रकम हिनामिना भएको छ । यसबारेमा प्रहरीले मुचुल्का बनाएको थापाले बताए ।  

कञ्चनपुरमा नेकपाका जिल्ला सचिव सुरेन्द्र विष्टको नेतृत्वमा साविकको एमाले कार्यालयमा नयाँ बोर्ड राखिएको छ । त्यहाँ पनि दुवै पार्टी एकीकरण भएका बेला साविकको नेकपा एमालेकै कार्यालयमा नेकपाको जिल्ला पार्टी कार्यालय सञ्चालन गरिएको थियो ।  

बाजुरामा सोमबार बेलुका युवा संघका नेता डेनिस शाहीको नेतृत्वमा साविककै स्थानमा एमालेको कार्यालय स्थापना भएको छ । बझाङमा पार्टी अध्यक्ष दिलबहादुर सिंहसहितका नेताले कार्यालय स्थापना गरेका छन् । दार्चुलामा पनि एमाले कार्यालय स्थापना भएको छ । साविकको नेकपामा अध्यक्ष रहेका पुष्पकमल दाहाल–माधव नेपाल पक्षतिर लागेका पार्टी अध्यक्षका जिल्लामा भने अझै बोर्ड फेरिएका छैन । 

अछामका अध्यक्ष शेरबहादुर कुँवरले छलफलपछि मात्रै बोर्ड फेरिने बताए । नेता भीम रावल दाहाल–नेपाल पक्षमा लागेपछि कुँवर पनि उतै लागेका थिए । उनी साविकको नेकपा एमालेका नेता हुन् । डँडेलधुरामा पार्टी अध्यक्ष डा. तारा जोशीबाहेकका धेरै कार्यकर्ता ओली समूहमा रहेकाले पार्टी अध्यक्षले बोर्ड राख्न चासो नदिएको बताइएको छ । 
(जिल्ला संवाददाताहरूको सहयोगमा)
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.