प्रांगारिक कृषि प्रणाली सुरु

प्रांगारिक कृषि प्रणाली सुरु

डोटी : पछिल्लो समय कृषि उपजमा रासायनिक वस्तुको प्रयोग बढ्न थालेपछि यसलाई कम गर्न र मानव जीवनमा यसबाट पर्ने असरलाई न्यूनीकरण गर्न डोटी जिल्लामा प्रांगारिक कृषि प्रणाली सुरु हुने भएको छ।

पूर्वीचौकी गाउँपालिका–२ बगलेक र झिग्राना क्षेत्रमा आलुखेतीमा प्रांगारिक कृषि प्रणालीको थालनी हुने भएको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले जानकारी दिए। रासायनिक विषादी प्रयोगबाट मानव जीवनमा नै विभिन्न असर देखिन थालेकाले प्रांगारिक कृषि प्रणालीमा जोड दिनु परेको पनेरुले बताए।

सुरुवाती चरणमा उक्त क्षेत्रका केही किसानका खेतबारीमा यो प्रणाली सुरु गरिने बताइएको छ। प्रांगारिक खेती गरिने जमिनमा रासायनिक वस्तुको प्रयोग हुनु हुँदैन र रासायनिक खेतीभन्दा केही मिटर टाढा नै हुनुपर्छ।

जमिनलाई प्रांगारिक खेतीको लागि रूपान्तरण गर्न तीन वर्ष लाग्ने बताइएको छ। सो अवधिमा कुनै किसिमको रासायनिक वस्तुको प्रयोग हुनु हुँदैन। कम्पोस्ट मल र गोबर ग्याँसको लेदोलगायत वस्तुको प्रयोग गरिनुपर्छ।

सुदूरपश्चिमका नौ वटै जिल्लामा प्रांगारिक कृषि प्रणाली सुरु हुन थालेको कृषि विकास निर्देशनालयका निर्देशक यज्ञराज जोशीले जानकारी दिए। यसका लागि प्रदेशभरि चार करोड बजेट विनियोजन गरिएको जोशीले बताए। यो प्रणाली सुदूरपश्चिम प्रदेशको नयाँ कार्यक्रमका रूपमा प्रांगारिक–कृषि प्रणाली सुरुवात गर्न विशेषगरी उपभोक्ता सचेत हुनुपर्ने कृषि विकास निर्देशनालयका निर्देशक जोशीले जोड दिए। 

यससँगै स्थानीय जनप्रतिनिधि, कृषिमा कार्यरत निकायका कर्मचारी र किसान सबैले प्रांगारिक कृषिबारे बुझ्नु जरुरी रहेको उनको भनाइ छ। जसका लागि सबै सरोकारवालाको सहभागितामा रणनीतिक योजना बनाउन आवश्यक रहेको जोशीले जोड दिए। 

यो प्रणाली नेपालमै नयाँ र जटिल भएकाले यसबारे राम्रोसँग बुझ्नुपर्ने र सचेत हुनुपर्ने जोशीले बताए। ‘प्रांगारिक खेतीको लागि माटोको पैदावार शक्ति बढाउनुपर्छ’, निर्देशक जोशीले भने, ‘माटोमा पैदावार शक्ति छ भने कृषि उपजमा कुनै किसिमको रोग लाग्दैन।’  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.