म्यानमारमा सैनिक शासनविरुद्धको आन्दोलन : सू चीको पार्टीका नेताको हिरासतमै मृत्यु

म्यानमारमा सैनिक शासनविरुद्धको आन्दोलन : सू चीको पार्टीका नेताको हिरासतमै मृत्यु

म्यानमार : म्यानमारकी नेतृ आङ सान सू चीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) का नेताको प्रहरी हिरासतमै मृत्यु भएको छ । 

दोस्रो वरियताका नेता तथा पूर्व सांसदसमेत रहेका ज म्याट लीनको हिरासतमा भएको यातनाबाट मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

‘उहाँले आन्दोलनमा निरन्तर भाग लिइरहुनुभएको थियो’, माथिल्लो सदनका सांसद बा म्यो थेइनले भने, ‘अहिले सैनिक अस्पतालमा परिवारजनले शव बुझ्न लाग्नुभएको छ ।’

यसबारे सैनिक वा प्रहरी कसैले पनि प्रतिक्रिया दिएका छैनन् ।

म्यानमारमा सेनाले फेब्रुअरीको पहिलो दिनमै सत्ता हत्याएको थियो । उसले नेतृ सू चीलगायत नेतालाई पक्राउ गरी सत्ता हातमा लिएको हो ।

हाल सैनिक शासनविरुद्ध म्यानमारमा आन्दोलन भइरहेको छ । आन्दोलनका क्रममा ६० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने २ हजारभन्दा बढी प्रदर्शनकारी पक्राउ परिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.