ब्राजिलका पूर्वराष्ट्रपति सिल्भालाई भ्रष्टाचार मुद्दामा सफाइ

ब्राजिलका पूर्वराष्ट्रपति सिल्भालाई भ्रष्टाचार मुद्दामा सफाइ

ब्रासिलिया : ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई ब्राजिलका सर्वोच्च अदालतका एक न्यायाधीशले भ्रष्टाचार मुद्दामा उनी निर्दोष रहेको फैसला गरेका छन् ।  अदालतको फैसलासँगै सिल्भालाई आगामी राष्ट्रपतीय चुनावमा प्रतिस्पर्धा गर्ने बाटो खुलेको छ । 

सिल्भालाई ‘अपरेसन कार वास’ नामक घूस काण्डको अनुसन्धानपछि दोषी ठहर गरिएको थियो । वामपन्थी नेता लुला सन् २०१९ मा १८ महिनाको कैद सजायपछि रिहा भएका थिए । 

ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश एड्सन फचिनले लुलाविरुद्धका यसअघिका प्रमाणित आपराधिक दोष रद्द गरिदिएका हुन् । उक्त घूस काण्डमा अन्य नेता तथा व्यापारीहरू पनि परेका थिए ।

यसअघि सिल्भालाई दोषी ठहर गरेको दक्षिणी सहर कुरिचिबाको अदालतलाई उनीविरुद्धका ४ वटा मुद्दा हेर्ने अधिकार नभएको भन्दै न्यायाधीश फचिनले ती मुद्दाको सुनुवाइ राजधानी ब्रासिलियास्थित संघीय अदालतमा हुने फैसला गरेका छन् । सिल्भामाथि लागेका आरोप पुनः प्रमाणित नभएसम्म उनको राजनीतिक अधिकार पुनःस्थापित हुनेछ ।

सन् २०२२ को चुनावमा उनी वर्तमान राष्ट्रपति जइरु बोल्सोनारुविरुद्ध प्रतिस्पर्धा गर्न सक्नेछन् । अभियोजनकर्ताको कार्यालयले मुद्दाको पुनरावलोकन गर्ने जनाएको अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेको छ ।

सन् २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपति रहेका लुलालाई सन् २०१८ मा दोषी ठहर गरिएको थियो । दोषी ठहर भएपछि डेढ वर्ष जेल परेका सिल्भालाई राजनीतिक प्रतिस्पर्धामा सहभागी हुन तथा सार्वजनिक पद धारण गर्न प्रतिबन्ध लगाइएको थियो ।

पूर्वराष्ट्रपति सिल्भाले एक विज्ञप्ति जारी गर्दै ‘आफू सधैं सही रहेको भन्ने विषयको यो स्विकारोक्ति मात्र भएको’ जनाएका छन् । ब्राजिलका वर्तमान राष्ट्रपति बोल्सोनारुले देशका जनताले लुलालाई फेरि उम्मेदवारका रूपमा हेर्न नचाहेको बताएको  छ । 

तर आईपीईसीले आइतबार गरेको एक सर्वेक्षणले बोल्सोनारुले भन्दा सिल्भालाई जनताले बढी रुचाउने देखिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.