सकियो ‘गणपति’

सकियो ‘गणपति’

काठमाडौं : अभिनेता मुकुन भुसाल र अभिनेत्री मेनुका प्रधान अभिनीत फिल्म ‘गणपति’को सुटिङ प्याकअप भएको छ। माघ ८ गते बन्दीपुरमा क्यामेरा ‘अन’ भएको फिल्मको सम्पूर्ण छायांकन पूरा भएको हो। फिल्मको छायांकन सकेर निर्माण टिम काठमाडौं फर्किएको छ। अहिले फिल्मको पोस्ट प्रोडक्सनको काम भइरहेको निर्देशक सबिन अधिकारीले जानकारी दिए।

फिल्मको सम्पूर्ण छायांकन तनहुँको बन्दीपुर गाउँपालिका थारुबासमा भएको हो। फिल्ममा मुकुन र मेनुकाका अलावा सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीकाभक्त जिरेल, देवेन्द्र बब्लु, सुशील पोखरेललगायतको अभिनय छ। फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक अधिकारी स्वयंको हो।

लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी निर्माता रहेको फिल्मले भगवान् र मानिसबीचको फरक देखाउनेछ। हरिबहादुर घलेको छायांकन, विक्रम स्वाँरको कोरियोग्राफी रहेको फिल्मको गीतमा अनिश अधिकारीले शब्द तथा संगीत दिएका छन् भने अनिश अधिकारी र देवेन्द्र बब्लुले आवाज दिएका छन्। फिल्म सन् २०२१ भित्र प्रदर्शन गर्ने लक्ष्य निर्माण टिमको छ। गोविन्द शाहीले वितरण गर्ने फिल्मको ओभरसिज राइट्स स्रित फिल्मस् एन्ड इन्टरटेनमेन्टले लिएको छ। स्रित फिल्मस् एन्ड इन्टरटेनमेन्टका श्रीदेव बीएलका अनुसार यो फिल्म नेपालभन्दा पहिले यूके र अस्ट्रेलियामा रिलिज हुनेछ।

‘गणपति’ नाम धार्मिक सुनिए पनि फिल्ममा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिएको निर्देशक अधिकारीले बताए। फिल्ममा अभिनेता भुसाल टाइटल क्यारेक्टरमा छन्। ‘गणपति’मा आफूलाई दर्शकले अहिलेसम्मकै भिन्न भूमिकामा देख्न पाउने भुसालको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.