आइभरी कोस्टका प्रधानमन्त्रीको ५६ वर्षको उमेरमा निधन
आइभरी कोस्ट: पश्चिम अफ्रिकी मुलुक आइभरी कोस्टका प्रधानमन्त्री हामेद बाकायोकोको ५६ वर्षको उमेरमा निधन भएको छ ।
बुधबार जर्मनीस्थित एक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । क्यान्सरबाट पीडित हामेद पछिल्लो केही समयदेखि जर्मनीको एक अस्पतालमा उपचारको क्रममा थिए ।
आइभरी कोस्टका राष्ट्रपति अलास्साने औटाराले प्रधानमन्त्री हामेदको जर्मनीमा क्यान्सर रोगको उपचार गराउने क्रममा बुधबार निधन भएको र यसबाट देश शोकमा डुबेको प्रतिक्रिया दिएका छन् ।