रुपन्देही सुपरलिग : वेष्टर्नले उचाल्यो उपाधि
भैरहवा : रुपन्देहीको भैरहवामा सम्पन्न नेपाल टेलिकम रुपन्देही सुपरलिगको उपाधि वेष्टर्न क्रिकेट क्लबले चुमेको छ। शनिबार सिद्धार्थ रंगशालामा सम्पन्न फाइनल खेलमा उसले न्यू होराइजन क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै दुई दशकपछि उपाधि चुम्न सफल भएको हो।
उपाधिसँगै उसले नगद ८० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो। खेलको उपविजेतामा चित्त बुझाएको होराइजनले ४० हजार रुपैयाँ र ट्रफी पाएको छ।
५० ओभरको खेललाई मौसमका कारण ३० ओभरमा छोट्याएर फाइनल खेलाइएको थियो। टस हारेर ब्याटिङ गरेको होराइजनले ९ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो। उक्त लक्ष्य वेष्टर्नले २८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। ९ रनमा पहिलो विकेट गुमाएको वेष्टर्नले दबाबमा खेल्नु परेको थियो। दोस्रो विकेटका लागि देव खनाल र उत्तम थापाले ६५ रनको साझेदारी गरेपछि टिम बलियो स्थिति पुग्यो।
७८ रनमा ४ विकेटको क्षति व्यहोरेको वेष्टर्नका लागि अजय कौशिल्या र एकेन्द्र कुँवरको जोडी क्रिजमा टिकेर टिमलाई उपाधि दिलाए। जसका लागि देव खनालले सर्वाधिक ४४, उत्तम थापाले २६, एकेन्द्र कुँवरले २२ र अजय कौशिल्याले ११ रन जोड्न सफल भए। होराइजनका गोविन्द केसीले २ तथा तुलबहादुर थापाले १ विकेट लिएका थिए।
जवाफी ब्याटिङ गरी ३३ रनमा पहिलो विकेट गुमाएको होराइजनको त्यसपछि कुनै खेलाडीले राम्रो साझेदारी गर्न सकेनन्। जसका लागि विशाल खत्रीले सर्वाधिक २३ रन बनाए। सुमित पराजुलीले १८, अमर मिश्राले १३, शक्ति गौचन र गोविन्द केसीले समान १०/१० रन बनाए। होराइजनलाई सस्तैमा रोक्न वेष्टर्नका हरजित सिंह, देव खनाल र राहुल कुमारले २÷२ विकेट तथा अभिषेक गौतम, एकेन्द्र कुंवर र विवेक पराजुलीले समान १/१ विकेट लिए।
देव खनाल म्यान अफ द फाइनल बने। उनले ५ हजार रुपैयाँ हात पारेका छन्। लिगमा वेष्टर्नका राहुल कुमारले म्यान अफ द सिरिजको उपाधि पाए। उनी १५ हजार रुपैयाँबाट पुरस्कृत भए। उनी उत्कृष्ट ब्याट्सम्यान समेत भए। लुम्बिनी खुकुरीका अजय लोनिया उत्कृष्ट बलर बन्दै ५ हजार रुपैयाँ जिते। लिगमा उत्कृष्ट प्रदर्शन गरेका होराइजनका पुरुषोत्तम भट्टराई उदयीमान खेलाडी हँुदै ५ हजार रुपैयाँबाट पुरस्कृत भए।