लहानमा बम विष्फोट, ८ घाइते, गोइत समूहको पम्पलेट भेटियोे (अपडेट)

लहानमा बम विष्फोट, ८ घाइते, गोइत समूहको पम्पलेट भेटियोे (अपडेट)

सिरहा : मालपोत कार्यालय लहानमा बम विष्फोट भएको छ। आइतबार दिउँसो पौने १ बजे मालपोत कार्यालयको दोस्रो तलामा बम विष्फोट भएको हो। 

घटनास्थलमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को पम्पलेट भेटिएको छ। त्यही समूहले विस्फोट गराएको हुन सक्ने इलाका प्रहरी कार्यालय लहानका डीएसपी डा. तपन दाहालले घटनास्थलबाट बताए। तर, घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन्।

विष्फोटमा परेर कार्यालयका कर्मचारी नायब सुब्बा शिवकुमार यादवसहित ८ जना घाइते भएका छन्। गम्भीर घाइते भएका एकजना सेवाग्राही दिनेश भण्डारीलाई हेलिकप्टरबाट काठमाडौं लाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

सामान्य घाइतेलाई लहान अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले प्रेसर कुकर बम विष्फोट भएको खुलेको बताएको छ। 

घाइते सेवाग्राही बद्री नारायण यादव, लक्ष्मी राणा, बेचनी मगर, फुलकुमार ठाकुर, लालबाबु विक, भोलाबहादुर पाक्षे मगर रहेको प्रहरीले जनाएको छ। 


  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.