विश्‍वप्रसिद्ध बक्सिङ खेलाडी मार्भिनको निधन

विश्‍वप्रसिद्ध बक्सिङ खेलाडी मार्भिनको निधन

वासिङटन: विश्व प्रसिद्ध बक्सिङ खेलाडी मार्भिन हग्लरको ६६ वर्षको उमेरमा निधन भएको छ ।

१९८० देखि १९८७ सम्मका 'मिडलवेट च्याम्पियन' मार्भिनको आफ्नै फेसबुक पेजमा शनिबार निधनको खबर सार्वजनिक गरिएको छ । मार्भिनकी पत्नी के जीका अनुसार हग्लरको निवासमै निधन भएको थियो ।

'ज्यादै दुखी घोषणा गर्नुपरेकोमा म क्षमाप्रार्थी छु । आज दुर्भाग्यवश मेरा प्रिय पति मार्भिनको न्यू ह्याम्प्सायरस्थित आफ्नै निवासमा असामयीक निधन भएको छ । हाम्रो परिवार तपाईँहरुलाई आग्रह गर्दछ कि यस जटिल घडीमा हाम्रो गोपनीयताको सम्मान गरिदिनूहोला' मार्भिनकी पत्नीले फेसबुकमा लेखेकी थिइन् ।

१९७३ देखि १९८७ सम्म बक्सिङ खेलेका मार्भिनले आफ्नो खेल कौशल देखाएको उक्त समयावधिलाई खेल जगतमा स्वर्णयुग पनि मानिन्छ ।

विश्व बक्सिङ काउन्सिल र विश्व बक्सिङ संघबाट १९८० मा मिडलवेट टाइटल जितेका थिए । १९७६ देखि १९८६ सम्म उनले कहिल्यै हार्नु परेन । उनले त्यस अवधिमा ३६ वटा जित हासिल गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.