आस्ट्राजेनेका खोपको प्रयोग जारी राख्न डब्ल्यूएचओको आग्रह

आस्ट्राजेनेका खोपको प्रयोग जारी राख्न डब्ल्यूएचओको आग्रह

कयौँ मुख्य युरोपेली देशहरूले अक्सफर्ड–आस्ट्राजेनेका खोप वितरणमा अस्थायी रोक लगाइरहेका बेला विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले त्यसो गर्न आवश्यक नरहेको जनाएको छ । खोप र रगत जम्ने अवस्थाबीच कुनै सम्बन्ध रहेको प्रमाण नभएको उसको भनाइ छ ।

जर्मनी, फ्रान्स, इटली र स्पेनले उक्त खोपको प्रयोग रोक्न साना देशहरूले चालेका कदमलाई पछ्याएका छन् । गरिएका दाबीबारे अनुसन्धान भइरहेका बेला ती देशहरूले भने सावधानीका उपायका रूपमा त्यसो गरिएको जनाएका छन्। 

विज्ञहरूका भनाइमा ती आम जनसंख्यामा देखापर्ने रगत जम्ने घटनाभन्दा बढ्दा नभएको बताएका छन्। आस्ट्राजेनेकाका अनुसार गत सातासम्ममा रगत जम्ने त्यस्ता घटना ४० भन्दा कम देखा परेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनका प्रवक्ता क्रिस्टिन लिन्डमियरले आफ्नो निकायले सार्वजनिक भएका खबरहरूको अनुसन्धान गरिरहेको बताएका छन्। उनले भने, 'यी घटनालाई पूर्ण रूपमा बुझ्नेबित्तिकै, तिनका निष्कर्ष र हालका सुझावभन्दा फरक परिवर्तन हुनेबित्तिकै हामी सर्वसाधारणहरूलाई थाहा दिन्छौँ।'

'आजको अवस्थामा ती घटना खोपले गराएका हुन् भन्ने कुनै प्रमाण छैन। खोप अभियान जारी राख्ने काम महत्वपूर्ण छ जसले गर्दा हामीले जीवनहरू बचाउन सक्छौँ र भाइरसबाट हुने गम्भीर रोग रोक्न सक्छौँ।'

घटनाहरूको समीक्षा गरिरहेको युरोपेली औषधी निकाय ईएमएले समेत खोप कार्यक्रम जारी रहनुपर्ने जनाएको छ।यूकेको औषधी नियामकले खोपले रगत जमाएको प्रमाणहरूले नदेखाएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.