म्यानमार प्रदर्शनमा सेनाको गोली लागी १३८ जना मारिए

म्यानमार प्रदर्शनमा सेनाको गोली लागी १३८ जना मारिए

नपिद्व: म्यान्मारमा गत फेब्रुअरी १ मा सेनाले सत्ता कब्जा गरेपछि विरोधमा उत्रिएका प्रदर्शनकारीहरुमाथि सेनाले चलाएको गोली लागेर हालसम्म १३८ जनाको मृत्यु भइसकेको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार आइतबार एकै दिन आन्दोलनमा ३७ जना मारिए । राष्ट्रसङ्घ महासचिवका प्रवक्ता स्टिफेन डुजारिकले गरेको नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो ।

शनिबार भने १८ जनाको मृत्यु भएको थियो । 'राष्ट्रसङ्घ महासचिवले शान्तिपूर्ण प्रदर्शनमा सहभागीमाथि भएको यस किसिमको हिंसात्मक कारबाही कुनै पनि हालतमा स्वीकार्य छैन । म्यान्मारका जनताको आधारभूत अधिकार निरन्तर उल्लङ्घन भइरहेकामा राष्ट्रसङ्घ निन्दा गर्दछ' पत्रकार सम्मेलनमा जारी वक्तव्यमा उल्लेख छ ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले क्षेत्रीय एवं अन्तर्राष्ट्रिय समुदायलाई म्यान्मारका जनताको पक्षमा ऐक्यबद्धता जनाउन पनि आग्रह गरेका थिए ।

यस्तै म्यान्मारको सेनाले ठूलो संख्यामा प्रदर्शनकारी मारिएपछि रंगुनका विभिन्न क्षेत्रमा सैनिक कानुन लागू गरेको छ । निक्की एसियाका अनुसार यस क्षेत्रमा प्रदर्शनकारीले चिनियाँहरूको स्वामित्वमा रहेका धेरैवटा कारखानामा आगजनी गरिदिएका थिए ।

सेनाले गत फेब्रुअरीमा सत्ता आफ्नो हातमा लिएपछि सेना विरुद्ध दिनहुँ प्रदर्शनहरू भइरहेका छन् । सेनाले आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गर्नुका साथै संसदको नयाँ निर्वाचनलाई पनि खारेज गरिदिएको छ ।

म्यान्मारमा उठेको प्रदर्शनमा पछिल्लो समय सेनाले गरेको ज्यादतीको विश्वभरबाट आलोचना हुँदैआएको छ । साथै विभिन्न देशमा म्यानमारको सेनाको विरोध समेत गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.