रोल्पामा युवकको हत्या

रोल्पामा युवकको हत्या

रोल्पा : रोल्पामा एक युवकको धारिलो हतियार प्रहार गरेर हत्या भएको छ। मंगलबार साँझ परिवर्तन गाउँपालिका-६ नाफेका वर्ष ३१ का विरेन्द्रप्रकाश गिरीको हत्या भएको हो।

जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीका अनुसार साँझ ८:१५ बजे अपरिचित ३ जना व्यक्तिले युवकको हत्या गरेका हुन्। नयाँ घरको बार्दली बनाई बस्दै आएको घर जाँदै गरेका बेला गिरीको हत्या भएको हो। घटनाको जानकारी लगत्तै इलाका प्रहरी कार्यालय पाछाबाङ, घर्तिगाउँ र प्रहरी चौकी इरिबाङबाट प्रहरीको टोली घटनास्थल पुगेको छ।

रातभर प्रहरीले शवलाई घटनास्थलमै कुरेको थियो। बुधबार बिहान मुचुल्का उठाउने कार्य भइरहेको प्रनाउ सुवेदीले जानकारी दिए। हत्यामा संलग्न सबै फ्रहार रहेका छन्। घटनामा संलग्नहरुको खोजी भइरहेको जनाइएको छ। 'घटना हुँदा देख्ने मानिसले दिएको हुलियाका आधारमा दोषीको खोजी भैरहेको छ।', प्रनाउ सुवेदीले भने।

परिवर्तन गाउँपालिका अध्यक्ष निमकान्त डाँगीकाअनुसार घटनाले परिवार, छिमेकी र गाउँले त्रसित बनेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.