अमेरिकाको तीन स्थानमा भएको आक्रमणमा ८ जनाको मृत्यु
एटलान्टा : अमेरिकाको जर्जिया प्रान्तको राजधानी एटलान्टामा भएको गोली प्रहारबाट ६ एशियाली महिलासहित ८ जनाको मृत्यु भएको छ ।
प्रहरी अधिकारीलाई उद्दृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार तीन वटा छुट्टाछुट्टै ‘स्पा सेन्टर’मा गोली प्रहारबाट ८ जनाको मृत्यु भएको हो ।
तीन वटै घटना गराएको आशंकामा २१ वर्षीय एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । सो घटना किन गराइएको हो त्यसबारे भने केही खुलाइएको छैन ।
तर पछिल्लो समय एशियाली मूलका मानिसले कोभिड फैलाएको भन्दै अमेरिकामा घृणायुक्त अपराध बढेका छन् ।