सह्य छैन, सांस्कृतिक क्रान्ति!

सह्य छैन, सांस्कृतिक क्रान्ति!

तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा सहभागी स्वास्थ्यकर्मीको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै दाहालले भने– चीनमा माओले ७२ वर्षमा सांस्कृतिक क्रान्ति गरेका थिए। म एकचोटि फेरि क्रान्तिमा जानेछु। तपाईंहरू यसमा विश्वस्त हुनुहोला। म त्यसै छाड्नेवाला छैन। म लड्नेवाला नै छु।

त्यो दिन धेरैले आस्थाको शिवधुनी जगाइरहेको समय परेर होला सांस्कृतिक क्रान्तिको नाम दिइएको बर्बरतालाई दोहोर्‍याउँछु भन्ने दाहालको उन्मादी भाषणका अंशमा खासै राजनीतिक प्रतिक्रिया देखिएनन्। यसरी दाहालको त्यो उन्मादी भाषणलाई निराशामा व्यक्त आवेगका रूपमा लिएर अन्देखा गरिनु हुँदैन्थ्यो। किनभने दाहालका ती अभिव्यक्ति सुन्दा अहिले उनी सिकार गुमाएको चितुवाको मनोदशामा पुगेका हुन् कि भन्ने भान पर्छ। 

दाहालमा देखिएको यस्तो निराशाले अर्को दुर्घटना निम्त्याउन सक्छ। त्यो दाहालका लागि जति खराब हुन सक्छ त्योभन्दा बढी आम निर्दोष जनताले अनाहकमा दुर्दशा भोग्नुपर्ने हुनसक्छ।

जसरी उनले सांस्कृतिक क्रान्तिलाइ दोहोर्‍याउने कुरा गरे; त्यो सामान्य अभिव्यक्ति  होइन। माओकालीन सांस्कृतिक क्रान्ति त निकै परको कुरा हो; त्यसका बाछिटा पनि अबको समयमा कसैलाई सह्य हुँदैन र हुन पनि दिइनु हँुदैन। किनभने यसअघि पनि दाहालका उग्र क्रान्तिकारी रोमान्सको नेपाली समाजले ठूलो मूल्य चुकाइसकेको छ। फेरि उनको निराशा र आवेगको सिकार हुनु भनेको अर्को पुस्ताका लागि अत्यासलाग्दो दुःखान्तको साक्षी बस्नु हो।

सांस्कृतिक क्रान्तिका कुरा किन जघन्य अपराधको नजिक छ भन्ने बुझ्न केही पछाडि फर्केर हेरौं। ठ्याक्कै १५ वर्षअघि चीनमा सांस्कृतिक क्रान्ति संग्रहालय खुल्यो। त्यो संग्रहालयमा शान्तिका धुनहरू छैनन्। त्यहाँ त सांस्कृतिक क्रान्तिका नाममा भएका हत्या, हिंसा र प्रतिशोधका चीत्कार प्रतिध्वनित छन्।

फागुन २७ मा शिवरात्रीमा धैरैजना शिवजीको धुनी जगाउन व्यस्त थिए। त्यही दिन भर्खरै कानुनी रूपमा बौरिएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उन्मादी भाषण गर्न पुगे।

हाँ झुन्डाइएको एउटा तस्बिरमा रेड गाड्र्सले एकजना शिक्षकलाई अपमान गर्दै घेरेको देखिन्छ भने अर्को टोकरीमा बोकेर पिटेको ताजा लाग्ने दृश्य छ।

त्यस्तै अर्को तस्बिरमा सांघाईकी तत्कालीन एक अभिनेत्रीको तस्बिर छ। जुन माओसँग सम्बन्ध भएको भन्ने आशंकामा रेड गाड्र्सको हिंसाबाट भाग्नका लागि उनले झ्यालबाट हाम फालेर आत्महत्या गरेको देखिन्छ।

संग्रहालयमा राखिएका यी तस्बिर त्यो त्रासदीपूर्ण कालका प्रतिनिधि मात्रै हुन्। अहिलेका अधिकांश चिनियाँहरू सांस्कृतिक क्रान्तिलाई इतिहासको अन्धकार कालका रूपमा सम्झन्छन्। व्यक्ति हत्याको त्रासदी मात्र होइन, त्यस क्रान्तिले चीनको सामाजिक ढाँचालाई पनि निकै क्षति पुर्‍यायो। यसरी १९६६ मा अध्यक्ष माओले कम्युनिस्ट पार्टीको वैचारिक जरामा फर्कने आदेश दिएर सुरु भएको त्यो उन्मादले १० वर्षमा हजारौंको ज्यान लियो  र कैयौं निर्दोषमाथि ज्यादतीको सीमा नाघ्यो। सांस्कृतिक क्रान्तिका बेलामा के भयो भनेर अझै पनि पूरै खोजबिन गरिएको छैन। अहिलेको पुस्तालाई त्यसबारे कमै भनिएको छ। 

किनभने अभिभावकले उनीहरूका सन्तानलाई त्यो युगको बर्बरता बताउन असम्भव छ भन्छन्। तर संग्रहालयमा पार्टीको केन्द्रीय समितिको उद्धरण राखिएको छ; जहाँ इतिहासले सांस्कृतिक क्रान्तिलाई पार्टी, राष्ट्र र जनतामा ठूलो विपत्ति ल्याउने नेताहरूले गरेको गल्तीका रूपमा भनेको छ। माओले यस सांस्कृतिक क्रान्तिको प्रयोग कम्युनिस्ट पार्टीमा आफ्ना विरोधीलाई सिध्याउन र सत्तामा एकाधिकार बनाइराख्नका लागि गरेका थिए। आफ्नो यस प्रयासमा माओ सफल त रहे तर चीनले भने यसको ठूलो मूल्य चुकाउनुपर्‍यो।

त्यसैले भवनको बाहिरी भागमा संग्रहालयको परिकल्पनाकार तथा माओकालीन र त्यसपछि सुधारका वरिष्ठ नेता रेन चोयीको भनाइ कुँदिएको छ। यसमा उनले भनेका छन्– इतिहास तत्कालीन समयको एना हो। त्यसैले कुनै पनि परिस्थितिमा हामीले सांस्कृतिक क्रान्तिको त्रासदी दोहोरिन दिनु हुँदैन।

कतिपयले जीवनको अन्तिम समयमा माओ आफैंले त्यो गल्ती महसुस गर्दै सत्ताको साँचो सुधारवादी नेता देङ स्याओ पिङलाई हस्तान्तरण गरेको विश्वास गर्छन्। तर यता भने अझै पनि आफ्नो क्रान्तिकारी रोमान्सको दुखान्त ढाकछोप गर्न दाहालले सांस्कृतिक क्रान्ति दोहोर्‍याउने भन्दै राजनीतिक धम्की दोहोर्‍याएका छन्। त्यसैले यस्ता धम्की कुनै पनि अर्थ र तहमा सह्य छैन। 

यो अभिव्यक्तिलाई दाहालले फिर्ता लिएर जनतासामु माफी माग्नु उचित हुने छ। राजनीतिक दल तथा नागरिक समाजले सत्ता स्वार्थ हासिल गर्न उग्रपन्थलाई मलजल गर्न नहिच्किचाउन दाहाल प्रवृत्तिलाई लगाम लगाउन जरुरी छ। किनभने जस्तोसुकै अवस्थामा पनि सांस्कृतिक क्रान्तिको कुनै पनि विरासत नेपाली समाजका लागि सह्य छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.