कुणा कर्णालीका, अनुभव हाम्रा
‘कर्णाली घुमाउटो पड्यो लौडी बगाउँदैन, बैरागीका बाजमन् डुली अगाउदैनँ’ भनेर कर्णालीवासीले आफ्ना वेदना पोखिरहँदा कर्णाली उत्सवको दोस्रो संस्करणका लागि कर्णालीबाहिरका हामी भने निमन्त्रणा पाउनासाथ सीधै पुग्यौं सुर्खेत नगरीमा। गत वर्षदेखि सुरु भएको कर्णाली उत्सव यसपालि कुणा कर्णाली अर्थात् कर्णालीका कुरालाई पाँच दिनका बीचमा विविध माध्यमले बुझ्ने र बुझाउने, चिन्ने र चिनाउने काम भयो। धेरैपटक कर्णालीका धेरै जिल्ला पुगेर वस्तुस्थिति अध्ययन गर्ने अवसर मिलेको पंक्तिकारलाई यसपटक भने खास कुणा के हुन् त कर्णालीका यसमै रहेर प्रत्यक्ष सुन्ने र सुनाउने अवसर मिल्यो; जसले कर्णालीसँगको भावनात्मक सम्बन्ध अरू निखार्न सफल भयो।
अवश्य पनि सबैले अनुभूति गरेको हो नेपालभित्र बग्ने सबैभन्दा लामो नदी कर्णाली घुमाउरो छ, घुमेर बगेको छ। त्यसैले हो त कर्णाली नदी झैं केन्ıबाट कर्णालीमा आउने हरेक चिज घुमेरै आउने ? विकास, योजना, पूर्वाधार, लगानी र प्रशासनिक सुविधा र कार्यान्वयनदेखि पुस्तक पनि कर्णालीसम्म आइपुग्न धेरै घुम्नुपर्छ, ढिलो आइपुग्छ र कर्णालीवासीको गुनासो छ। गत वर्षको उत्सवदेखि सुरु गरेर यो वर्षको उत्सव अवधिभरिमा भएका विचार–विमर्श, पृष्ठपोषण र प्रस्तुतिले प्रस्ट पार्छन् कि भौगोलिक जटिलताले मात्र कर्णाली पछि परेको होइन।
कर्णाली र योजना
विकासका लागि पूर्वाधार र पूर्वाधारका लागि लगानी आवश्यक पर्छ। लगानी÷बजेट अर्थात् सुर्केथैली कसरी खोल्ने र यसलाई कसरी, कसले कसेर राखेको छ सम्मका पोको खोल्ने काम दोस्रो उत्सवले गरेको छ। सुर्केथैली अर्थात् पैसा÷बजेट कसरी छुट्टिएको छ कर्णालीका लागि ? प्रदेश सरकारको अवसर र चुनौती छुट्टिएको बजेटलाई कसरी लगानी गर्ने अनि कर्णालीमा किन लगानी गर्नेसम्मका अध्ययन भएनन् भने भौगोलिक विकास त घुमेरै पुग्छ त्यतिञ्जेल कर्णालीको मौलिकता कसरी बचाउने त्यो पनि महत्वपूर्ण नै छ। विकास, बजेट र अंकगणितका कुरा त धेरै विज्ञता र प्रतिवेदनले प्रस्ट पार्न जमर्को गरें तर कर्णालीको प्राकृतिक सम्पदालाई कसरी भरपूर उपयोग गर्ने त्यसमा ध्यान पुग्न सकेको देखिएन। अरू विकास खोज्दाखोज्दै कर्णालीमा उपलब्ध स्रोत जल, जमिन र जडिबुटीसमेत पछि परेको भान भयो। किनकि यसमा आत्मनिर्भर बन्न सक्ने कर्णालीले उपयुक्त योजना र लगानी पाएन।
कर्णालीमा नेतृत्व
कैथा नेता, कैथो नेतृत्वमार्फत कस्ता नेता छन् त्यस्तै नेतृŒव र विकास आउने कुरा प्रस्ट पार्न खोजियो। उत्सव र सहजकर्ता त कर्णालीको अवस्था र आगामी योजनाबारेमा विचार–विमर्श गरेर झक्झाउने माध्यम न हुन्। सरकार र नेतृत्व तहलाई सहयोग गर्न तम्सिएका थुप्रै गैरसरकारी संस्था र बैंकिङ क्षेत्रले समन्वयका लागि संकल्पना पनि गरे। उत्सवमार्फत विविध क्षेत्रका विज्ञहरूले कर्णाली प्रदेशका मुद्दालाई राष्ट्रिय बहसमा पर्ुयाए, यो अर्को उपलब्धि मान्नुपर्छ। कर्णालीको आर्थिक–सामाजिक विकासका नाममा धेरै बहस भए पनि विकासका विशेष मागलाई सम्बोधन गर्ने गरी बनेको कर्णाली विकास आयोगले विकासका मुद्दालाई राष्ट्रिय मुद्दासँग मूल प्रवाहीकरण गर्न सकिरहेको छैन। योजनालाई कार्यान्वयन गर्न त नेतृŒव तहले नै जिम्मेवारी बोध गर्नुपर्ने हुन्छ।
उत्सवले केन्द्र, प्रदेश र स्थानीय सरकारका तीनवटै तहलाई कर्णालीमा विकास र समृद्धिको खाका कोर्न एवं थप योजना बनाउन मद्दत पुर्याएको छ।
संघीय संरचनाको अभ्यासले विकास घुमाउरो नभईकन आउला भन्ने अपेक्षा गरेका कर्णालीवासीलाई सम्बन्धित पक्षले योजनासँगै कार्यान्वयन पक्षलाई अघि बढाउन दक्षतासहितको विज्ञता र अनुसन्धान पनि चाहिन्छ भन्ने कुरालाई सँगसँगै अगाडि लैजान सकेन। राष्ट्रिय आवश्यकता पूरा गर्न सक्ने जनशक्ति भएर पनि त्यसको उपयोग गर्न सकिएको छैन। जनशक्तिलाई संस्थागत संरचनामा परिणत गर्न सकिएको छैन। उपलब्ध प्राकृतिक स्रोत–साधनको भरपूर उपयोग हुने माध्यमको खोजी हुन सकेन। राष्ट्रियस्तरका विकासका कार्यक्रमको प्राथमिकतामा कर्णालीलाई पार्न सकिएन। विकासलाई विकेन्द्रीकरण गर्ने अभ्यास बन्न सकेन। कर्णाली जस्तै भू–बनोट भएका कयौं मुलुकले कसरी पूर्वाधार विकास हाँसिल गरेका छन् सिक्ने प्रयास गर्ने हो भने कर्णालीको भूबनोट र विकटतालाई माध्यम बनाएर सबै पक्षका विकास पछि पार्ने कामबाट उम्किन सकिने थिएन होला।
कि पानी पिदै नपिनु कि कर्र्णाली सुका,
कि त दैव जन्म नदे कि सोचेको पुगा।
कि विकास देऊ, सोचेको पुर्याइदेऊ, कि कर्णाली नै सुकाऊ, हे दैव नत्र किन जन्म दिएको ? कर्णालीवासीको यो व्यंग्यात्मक वेदनालाई केही हदसम्म सम्बोधन गर्न सक्ला उत्सवले आफ्नै नेतृत्वमार्फत हामी आशावादी बनौं।
उत्सवको उपलब्धि
हामी सजिलै वकालत गर्ने गर्छौं उत्सवबाट कर्णालीवासीले के उपलब्धि हासिल गर्छन् ? कार्यक्रम आयोजना गर्नु, व्यवस्थापना गर्नु र यसलाई सम्पन्न गर्नु आफैंमा एउटा जिम्मेवारीपूर्वक कार्य हो। पाँच दशकमा नेतृत्व तहले दिन नसकेको विकास पाँच दिनको उत्सवले कसरी देओस् ? तर उत्सवले कर्णाली बाहिरबाट जानेलाई पनि यहाँको आर्थिक अवसरहरूको खोजीका आधार सिकाउन सक्यो। कर्णालीको जनजीवन, उद्यमशीलता र सीपको चर्चा गर्यो, कर्णालीलाई पर्यटकीय गन्तव्य बनाउन सकिने रारा, से–फोक्सुन्डोदेखि मानसरोवरसम्मका विशेषतालाई उजागर गरेर चिन्ने र चिनाउने अवसर दियो। किताबमा पढिने कर्णाली प्रत्यक्ष आँखाले देख्ने अवसर दियो।
प्राचीन खस राज्यको केन्द्र कर्णाली नेपाली भाषाको उद्गम थलो हो भनेर पढ्नेलाई त्यहाँका स्थानीयले सुनाएको खस भाषा र देउडाका गीतले कर्णालीको इतिहास, समाज, संस्कृति र प्रकृति वास्तवमै बुझ्न र हेर्नलायक रहेछन् भनेर प्रमाणित गरिदियो। कर्णाली समृद्घ भयो भने यसको फल केन्द्रमा नआउला त ? त्यसैले त कर्णाली उत्सवले एकै थलोमा बसेर कर्णाली चियाउने आँखीझ्याल बन्यो, जहाँबाट राष्ट्रलाई नै चियाउन, जिम्मेवारी बोध गर्न, मानवीय विकास र यथास्थितिलाई अनुभूति गर्न एउटा भावनात्मक थलो बन्यो। कर्णाली प्रदेशको पहिचान र सम्भावना उजागर गरी यहाँको ऐतिहासिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक एवं पर्यटकीय महŒवलाई राष्ट्रिय बहसमा लैजाने अवसर सृजना गरिदियो।
उत्सवले यहाँको इतिहास, कला, संस्कृति, भाषा र साहित्यको जगेर्ना कसरी गर्ने पुनःस्मरण गरायो। कर्णालीको शैक्षिक तथा प्रशासनिक विकासको अवस्था र यसलाई कसरी पैरवी गर्न सकिन्छ विचार–विमर्शको माध्यम बन्यो। कर्णाली, यसको परम्परागत पहिचान र यसलाई हेर्ने दृष्टिकोणबारे विविधतायुक्त विचार, वादविवाद एवं मतभेदमा समेत सहभागितामूलक बहस, मन्थन र चिन्तनको थालनी गर्ने साझा मञ्च बन्न सक्यो। सरकार, नागरिक समाज, विज्ञ र कर्णालीवासी एवं कर्णालीलाई माया गर्नेबीच कर्णालीका साझा समस्या पहिचान गरी कला, भाषा, संस्कृति र विकासको साझा अवधारणा बनाउन मद्दत पुर्यायो। यही उत्सवले केन्द्र, प्रदेश र स्थानीय सरकारका तीनवटै तहलाई कर्णालीमा विकास र समृद्धिको खाका कोर्न एवं थप योजना बनाउन मद्दत पुर्याएको छ।