महिला कलाकारलाई अपमानजनक शब्द प्रयोग गरेपछि राजीनामा
एक महिला हास्यकलाकारलाई अपमानजनक शब्द प्रयोग गर्ने टोक्यो ओलिम्पिक्सका एक वरिष्ठ अधिकारीले पदबाट राजीनामा दिएका छन्।
जापानमा ओलिम्पिक्स खेल आयोजक समितिका लागि सिर्जनशील विभागका प्रमुख रहेका हिरोशी सासाकीले प्लस-साइज शरीर भएकी कलाकार नाओमी वातानावेलाई ओलिम्पिक्सको शुभारम्भका लागि आयोजना गरिने समारोहमा सुँगुरको कानजस्तो परिधान लगाएर पठाउनुपर्ने सुझाव दिएका थिए।
सासाकीले वातानावेलाई 'ओलिम्पिग' भनेका थिए । पछि उनले त्यसबाट ती कलाकारको ठूलो अपमान भएको भन्दै क्षमायाचना गरेका थिए ।
यसअघि महिलाहरूबारे अनुपयुक्त टिप्पणी गरेपछि टोक्यो ओलिम्पिक्स आयोजक समितिका प्रमुख योशिरो मोरी पदत्याग गर्न बाध्य भएका थिए।