मर्मत खर्च नहुँदा बन्द भयो वायु ऊर्जा

मर्मत खर्च नहुँदा बन्द भयो वायु ऊर्जा

सुर्खेत : स्थानीयको पहलमा संचालन भएको वायु ऊर्जा बन्द भएको छ । जिल्लाको बराहताल गाउँपालिका–३ को हर्रेकाँडा बस्तीमा वायु ऊर्जा संचालन गरिएको थियो । तर हाल वायु ऊर्जा बिग्रिएपछि बस्ती नै अन्धकारमा छ । मर्मतका लागि बजेट नभएपछि स्थानीयले लगानी नै डुब्ने चिन्ता गरेका हुन् ।

यहाँ हालसम्म विद्युतको राष्ट्रिय प्रशारण लाइन पुगेको छैन । यसकारण यहाँका बासिन्दाले दियालो र टुकी बाल्नुपर्ने बाध्यता छ । यही बाध्यताको अन्त्य गर्न सात वर्षअघि उज्यालो बनाउने प्रयास गरियो । गाउँलाई अन्धकारबाट मुक्त गर्न स्थानीयले पाँच लाख ८६ हजार बराबरको जनश्रमदान गरे । सरकारी लगानी थपिएपछि ५६ लाख ६६ हजार चारसय ३८ रुपैयाँको लागतमा २०७४ साउन ५ गते वायु ऊर्जाबाट उत्पादन सुरु भयो । आयोजना सञ्चालन भएपछि गाउँमा उज्यालो छायो । 

यो आयोजना दुई वर्ष पनि नटिकेको हो । २०७६ साउनमा चट्याङका कारण सोलारमा क्षति पुग्यो । गाउँमा पुनः अन्धकार छायो । आधा करोड खर्चिएको वायु ऊर्जालाई पुनः सञ्चालनमा ल्याउन हालसम्म कसैले पहल गरेका छैनन् । हाल वायु ऊर्जाबाट विद्युत उत्पादन बन्द भएको छ । 

आयोजना बिग्रिएको साढे एक वर्ष बितिसक्दा पनि मर्मत भएको छैन । यसको मारमा स्थानीय परेका छन् । उनीहरु पुनः दियालो र टुक्की नै बाल्नुपर्ने अवस्थामा पुगेका हुन् । आर्थिक अभावकै कारण चट्याङ्ले क्षति पु¥याएको वायु  ऊर्जाको मर्मत गर्न नसकिएको स्थानीयले बताएका छन् । मर्मत नहुँदा लाखौंको उपकरण र सामान खेर जाने स्थानीयको चिन्ता छ । 
     
‘चट्याङ्ले सोलारमा क्षति पुगेको छ’, स्थानीय प्रेम गौतमले भने, ‘मर्मत गर्न हामीसँग बजेट छैन, मर्मत खर्च नहुँदा हामी अध्यारोमै बस्न बाध्य छौं ।’ आर्थिक स्रोत नभएकै कारण आफूहरुले मर्मतको प्रयास नगरेको उनको भनाइ छ । 

उनले भने, ‘वायु ऊर्जा बिग्रिएपछि डेढ वर्षदेखि गाउँ नै अन्धकारमा छ, तर यसमा स्थानीय सरकारले पनि चासो दिएन ।’ अर्का स्थानीय शेरबहादुर कुँवरले मर्मतका लागि वडा र गाउँपालिकालाई जानकारी गराए पनि वेवास्ता गरेको गुनासो गरे । विद्युत उत्पादन बन्द भएपछि स्रोत हुनेहरुले घरमा सोलार किनेका छन् । निम्न वर्गलेहरु भने दियालो बाल्नुपर्ने पुरानै अवस्थामा फर्कनु परेको छ । 

बराहताल गाउँपालिकाका वडाध्यक्ष दत्तबहादुर बरालले अब वायु ऊर्जा मर्मत गर्नेभन्दा प्रत्येक घरधुरीलाई सोलार बाढ्ने योजना सुनाए । ‘वायु ऊर्जा मर्मत गर्नुपर्ने जिम्मेवारी स्थानीय नागरिकको हो’, उनले भने, ‘वडाले वायु ऊर्जा मर्मत गर्दैन, बरु सबै घरधुरीलाई सोलार दिन्छ ।’ 

चालु आर्थिक वर्षभित्रै हर्रेकाँडा सबै स्थानीयले सोलार पाउने उनको भनाइ छ । तर गाँउपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले भने आयोजना बिग्रिएकोबारे गाउँपालिकालाई समयमै जानकारी नभएको दाबी गरे । यसअघि कसैले पनि लिखित रुपमा जानकारी नदिएकाले नै मर्मतमा ढिलाइ भएको उनको तर्क छ । ‘वायु ऊर्जा बिग्रिएको जानकारी समयमै पाएनौँ’, उनले भने, ‘अब मर्मत गर्ने योजना अगाडि बढाउँछौं ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.